logo

बीरगंज महानगरमा एकै दिन पौने दूई सय  सफाई कर्मचारीको नियुक्ति 

      8/1/2018 गते 00 00 मा प्रकाशित     2737   पटक पढिएको

बीरगंज १६ साउन । 
बीरगंज महानगरपालिकाले आफना सफाई कर्मचारीलाई नयाँ नामाकरण गरेको छ ।

 

बीरगंज महानगरको सर सफाईमा कार्यरत कर्मचारीहरुलाई यस अन्दा अघि च्यामे पोडेको दर्जामा सम्बोधन हुदै आएकोमा अव उप्रान्त सफाई कर्मचारीलाई “कुचीकार”को रुपमा सम्बोधन गरिने छ । उनीहरुको दर्जा समेत तहगत रुपमा कुचीकार भनेर सम्बोधन गरिने भएको हो । 

 


बीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका डा. भिष्म भूषालले सरसफाईको काममा संलग्न कर्मचारीलाई च्यामे पोडे जस्ता हेय र हेला मिसिएको सम्बोधन हुने गरेको थाहा पाएपछि उनीहरुलाई अव उप्रान्त च्यामे पोडे भन्न र लेख्न समेत नपाईने गरि महानगरमा रहेका सबै महाशखाहरुलाई निर्देशन दिएका छन ।

 

डा. भूषालले सफाई कार्यमा संलग्न कर्मचारीको कामलाई सम्मानपूर्ण रुपमा हेरिनु पर्नेमा जोड दिए  । उनले सफाई कर्मचारीलाई तथाकथित तल्लो जातिको भनेर हेप्ने सामाजिक मान्यतालाई थप  बल पुग्ने गरि त्यस्तै सम्बोधन गर्ने कुरा ठिन नहुने बताए ।

 

सफाईमा काम गर्ने कर्मचारीका पुस्तौ पुस्ताले त्याही काम गर्नु पर्छ भन्ने जरुरी नरहेको बताउदै समाजसंगको अन्तरघुलनका लागि उनीहरुमा आत्मबिश्वासको बिकास पनि गर्नु पर्ने आजको आवशयकता रहेको डा.भूषालले स्पष्ट पारे ।


हेपाई माथि हेपाई सहदै र खेप्दै आएका बीरगंजका सफाई कर्मचारीहरुको हाजिरी रजिष्ट्ररमा अव च्यामे पोडे मेस्तर जस्ता पद उल्लेख हुने छैनन ।

 

अव उनीहरुले कुचीकारको रुपमा आफूलाई  पाउने छन । सफाईको काम एउटा निश्चित जाति वा समुहले मात्रै गर्नेु पर्ने  मान्यता ठिक नभएकोले पनि बीरगंज महाानगरले सफाई कर्मचारीको ले गर्दै आएको कामलाई पेशााका रुपमा स्थापित गर्न खोजेको देखिन्छ । सफाई काम हो त्यही काम गरेका आधारमा समाजमा सफाई कर्मचारीको पहिचान तथाकथित दलीत रुपमा हुन ठिक नहुने डा. भूषालको  भनाई छ । 


बीरगंज महानगरमा कार्यरत १ सय ८६ सफाई कर्मचारीहरु जसलाई च्यामे दर्जामा नियुक्त गरिएको थियो । उनीहरुको नियुक्ति खारेज गरि कुचिकारमा भर्ना गरिएको बीरगंज महानगरले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.