logo

बिद्यालय पहुच बाहिरका वालवालिकालाई बिद्यालय पु¥याउनु जनप्रतिनिधिको दायित्वः नेता गिरी

      7/11/2018 गते 00 00 मा प्रकाशित     1737   पटक पढिएको

चन्द्रपुर २७ असार ।
प्रदेश सभाका सदस्य प्रहलाद गिरीले बिदालयको पहुच भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालय सम्म पु¥याउनकालागि आफूले सहयोग गर्ने बताएका छन ।

 
युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला सुमन्वय समिति पर्साको नेतृत्वमा संचालीत किशोरी शिक्षाको बुधवार चन्द्रपुरमा आयोजना गरिएको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई समबोधन गर्दै प्रदेश सभा सदस्य गिरीले बिद्यालयको पहुच भन्दा बाहिर रहेको वालिकाहरुलाई बिद्यालय सम्म पु¥याउने दायित्व समेत आफू जनप्रतिनिधिहरुको रहेको बताए । उनले समाजको बिकासका निम्ति शिक्षामा सबै भन्दा बढी जोड दिनु पर्ने बताए । 


उनले प्रदेश सरकारले समेत बेटी बचाई बेटी पढाई भनेर अभियाननै संचालन गरेको र यस आर्थिक वर्षमा समेत रकम बिनियोजन गरिएको जानकारी दिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २का अध्यक्ष दीपेन्द्र चौहानले प्रदेशको बिकासका निम्ति जनप्रतिनिधिहरुले गरेको कामलाई सकारात्मक रुपमा प्रवाह गर्न संचार क्षेत्र तयार रहेको जानकारी दिए ।

 

उनले स्थानीय सरकारले गरेको राम्रो काम आम नागरिक सम्म पु¥याउनकालागि आवश्यक संरचना निर्माण गर्न नेपाल नगपालिका संघलाई आग्रह समेत गरे । 


कार्यक्रममा युनिसेफ प्रदेश २ का प्रमुख अनिता दाहाल , प्रदेश सभा सदस्य मन्जुर आलम,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बिभिन्न् नागरपािलका र गाउँपालिकाका प्रमुख उपप्रमुख लगायतले किशोरी शिक्षाको बिषयमा आफना प्रतिवद्धताहरु ब्यक्त गरेका थिए । 

 


किशोरी शिक्षा अन्तर््गत प्रदेश नं २ को पर्सा,रौतहट ,धनुषा र सप्तरीमा गरि ५ सय केन्द्र संचालन भएका छन । प्रत्येक केन्द्रमा २५ जनाका दरले किशोरीहरु अध्ययन गर्दछन । तीन वर्ष अगाडि बाट संचालीत यो परियोजना अन्र्तगत २०१७ मा ४ जिल्लाका ४१ पालिकामा १२ हजार २ सय ४३ जना बालिकाहरु किशोरी शिक्षा केन्द्रमा भर्ना भएका थिए । 


ति मध्य १० हजार ७ सय ३६ किशोरीहरु भने बिद्यालयमा भर्ना भएका छन । 
किशोरी शिक्षाको केन्द्रमा ५४ प्रतिशत किशोरी दलीत ,जनजाती र मुस्लिम समुदायका रहेको त्थायकं कार्यक्रममा प्रस्तुत गरिएको थियो । 
बिद्यालय जानबाट बन्चित १० देखी १५ वर्षका किशोरीहरुलाई ९ महिना अध्ययन गराई उनीहरुलाई बिद्यालयमा कम्तीमा तीन कक्षामा भर्ना गरिदै आएको छ । कार्यक्रममा युनिसेफका बिमला मानन्धरले किशोरी शिक्षाको नीतिगत अवधारणाका बारेमा प्रकाश पारेकी थिइन । 
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रामप्रवेश साह र स्वागत अनन्त श्रेष्ठले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.