logo

नागरिकले अनुभूती गर्ने गरि सेवा प्रवाह गर्छौः अध्यक्ष महतो

      7/10/2018 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

सेढवा, असार २६ - नयाँ संबिधान अनुुसार गत निर्वाचनमार्फत स्थानीय सरकारको रुपमा चुनिएको स्थानीय तहले जनताका बिच आफ्नो काम कारवाहीलाई पारदर्शी रुपमा परिक्षणको कसीको रुपमा लैजाने अवसरको रुपमा पर्साको जिराभवानी गाउँपालिकाले मंगलवार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । 

 

जिरा भवानी गाउँपालिकाको सेढवास्थित माध्यमिक विद्यालयको प्रांगणमा स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधि तथा सेवा प्रदायक सरकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भयो । 

 

सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसधारणले आगामी बर्षको नीति तथा कार्यक्रमा समेटिनु पर्ने बिषयहरु र यसअघि स्थानीय तहबाट सम्पादन भएका काम कारवाहीसंग जोडिएका जिज्ञासा राखेका थिए ।

 

डुबानका समस्या समाधान, जंगली जनावरले मानव बस्तीमा गर्ने क्षतिको रोगथाम, कृषीमा पर्याप्त बजेट र जानकारीहरु पर्याप्त मात्रामा प्रवाह गर्नु पर्ने लगायतका स्ुझाव स्थानीय जनताले प्राथमितासाँथ उठाए ।

 

असार ३२ गते हुन गइरहेको गाउँसभा परिषदको तयारीमा सार्वजनिक सुनुवाईमा प्राप्त सल्लाह सुझावको आफुहरुले योजना निर्माणमा उपयोग गर्ने जिराभवानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले उद्घोष गरे । 

 

गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष महादेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहेका गाउँपालिकाका प्रमुख रामप्रीत महतोले स्थानरयि जनातको सल्लाह सुझाव लिएर आफुहरु बिकास कार्य तथा सेवालाई जनताले अनुभुति गर्ने गरी सम्पादन गर्ने प्रतिबद्ध रहेको बताए ।

 

उनले बिकास निर्माणमा कार्यसंगै शिक्षा, जनस्वास्थ्य, कृषी र रोजगारी बृद्धी प्राथमिकतामा रह्ने उनले बताए । सहयोगि नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा गाउँपालिका कि उप प्रमुख उषा चौधरीले गाउँपालिकामा न्यायिक समितिको प्रमुख र जनप्रतिनिधिको हौसियतले लाभग्राहीहरु सन्तुष्टी हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । 

 

संयोजनकर्ता संस्थामा अध्यक्ष समेत रहेका परामर्शदाता तबरेज अहमदले नगारिक संर्वेक्षण र बहिर्गमन प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका अतिथी रहेका नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले सार्वजनिक सुनुवाई पारदर्शी र जवाफदेहिता कायम गर्ने शुसाशनको औजार रहकोले यस्तो कार्यक्रम आयोजन गर्नुलाई प्रसंशा गरे । उनले अरु पालिकाहरुले यसको अनुकरण गर्नु पर्ने बताए । 

 

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शेख नुमान आलम, ३ का उमेशकुमार सिंह, ४ का सुभाष राउत थारु, र ५ का अध्यक्ष दारा सिंह थारुले जनताले उठाएका प्रश्नहरुको जवाफ दिदै आफुहरु बिकास निर्माणका लागि प्रतिबद्ध भएर लागेको बताए । संयोजनाकर्ता संस्थाका प्राविधिक परामर्शदाता आँशु सर्राफ, पत्रकार जय यादव लगायतका उपस्थिती थियो । ​

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.