logo

वडा अध्यक्ष द्वारा धारिलो हथियारले प्रहार ४ जना घाईते

      6/24/2018 गते 00 00 मा प्रकाशित     1427   पटक पढिएको

रौतहट, १० असार ।
एक जना वडाध्यक्षलाई सडक विस्तारको नाममा आफनो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेको आरोप लागेको छ ।
रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक निर्माणको बिषयमा भएको बवादमा धारिले हतियारको प्रयोग गरेका हुन ।

 

सोही ठाउ निवासी शिव गोविन्द कुशवाहले आफनो जमीन नजिक वार्डअध्यक्षले नियतबश सडक चौडा बनाएर आफनो जमीन च्यापेको आरोप लगाएका थिए ।

 

एक महिना अघि पनि बिवाद हुदा यो बिषय अदालतमा प्रवेश पाएको थियो । अदालतले बिवादीत कामलाई प्रहरीको रोहवारमा सडकको काम गर्न आदेश दिएको थियो ।

एक महिना अगाडि यो काम गर्न अदालतले आदेश दिएपनि वार्ड अध्यक्षले नै आलटाल गरेको आरोप पीडित पक्षले अगाएका छन ।

अहिले असार सकिन लागेको बेला आफना मान्छेहरुको ठुलो समुह बनाएर सडक  ढलान गरेको शिव गोविन्द कुशवाहाको आरोप छ । 


शनिवार  सडक ढलाईको वेला शिवगोबिन्द कुशवाहाले विवाद मिलाएपछि मात्र काम अगाडि बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफना दलवल सहित  शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४  जनालाई धारिलो हथियार प्रहार गरि घाइते बनाएका हुन । वडाअध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.