logo

अवैध मदिरा भट्टीमा पर्सा प्रहरीको छापा 

      6/23/2018 गते 00 00 मा प्रकाशित     924   पटक पढिएको

इसीमाना समददाता
सेंढवा, ९ असार । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले जिराभवानी गाउँपालिकामा संचालित अवैध मदिरा भट्टीमा छापामारेको छ ।

 

प्रहरी निरीक्षक राजेश दत्तको नेतृत्वमा खटेको टोलीले तीन वटा मदिरा भट्टीमा छापामारी गरेको हो । टोलीले साँझ करिब ५ बजे जीराभवानी गाउँपालिकाका वडा न.ं ५ को सखुवनियामा स्थानीय गंगा महतो कम्कड, दिनानाथ कम्कड, लक्षुमन मुखिया बिनको घरमा छापामारी गरी अवैध रक्सी भट्ठी नष्ट गरेको छ ।

 

छापामारीका क्रममा गंगा महतो कम्कडको रक्सी भट्ठी बाट ६ हजार लिटर, दिनानाथ कम्कडको घरबाट दुईहजार लिटर र लक्षुमन मुखिया बिनको घरबाट एकहजार लिटर मदिरा बनाउने कच्चा पदार्थ  बरामद गरेको छ । त्यस्तै तयारी मदिरा १ सय लिटर समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले मदिरा उत्पादन गर्ने दर्जनौ भाडा तथा प्लास्टिकका ड्रमहरु बरामद गरी कच्चा पदार्थहरु सोही स्थानमा नष्ट गरेको थिए । जिल्लाकै सबैभन्दा ठूलो रक्सी भट्ठी नष्ट गरिएको प्रहरीको दावी छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.