logo

फिफा रेफ्री  सिंह शान्तिदूत र पत्रकार पिठाकोटे युवा शान्तिदूत बने

      6/21/2018 गते 00 00 मा प्रकाशित     1871   पटक पढिएको

सीमाना सम्वाददाता
वीरगन्ज, ७ असार । परिवार र समाजमा शान्ति ल्याएर विश्वमा शान्ति फैलाउने अभियानमा लागेको विश्व शान्ति एकीकृत परिवार महासंघले वीरगन्जका दुईजनालाई शान्तिदूत घोषणा गरि सम्मान गरेको छ ।

व्यक्तिमा शान्ति भए परिवारमा शान्ति आउने, परिवारमा शान्ति भए समाज, राष्ट्र र विश्व नै शान्ति हुने मूल नाराका साथ अभियानमा लागेको संस्थाले फिफा रेफ्रिका राष्ट्रिय उपाध्यक्ष गजेन्द्रमान सिंहलाई शान्तिदूत तथा पत्रकार नीरज पिठाकोटेलाई युवा शान्तिदूत घोषणा गरि बिहीबार सम्मान गरेको हो ।

संस्थाका पर्सा अध्यक्ष प्राध्यापक डा.विश्वम्भर शर्माको अध्यक्षतामा वीरगन्जको होटल कन्ट्री इनमा आयोजित कार्यक्रममा गजेन्द्रमान सिंह र नीरज पिठाकोटेलाई वीरगन्ज महानगरपालिका कार्यालयकी उप–प्रमुख शान्ति कार्कीले शान्तिदूतको प्रमाणपत्र सहित सम्मान गरिन् ।

सम्मानपछि बोल्दै कार्यवाहक उपप्रमुख कार्कीले संस्थाले थालेको अभियान अत्यन्त सराहनीय रहेको बताइन  । उनले यो अभियानलाई विद्यालय स्तरबाट नै थाल्नुपर्नेमा जोड दिईन् । विद्यालयमा अध्ययन गर्ने युवाहरु उछृङखल हुने भएकोले उनीहरुलाई संस्कार सिकाउनका लागि यो अभियान उपयोगी हुने उपप्रमुख कार्कीको भनाई थियो । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव विमल डाँगीले परिवार र समाज विकासका लागि चरित्र सही हुनुपर्ने बताए । मानिसको पहिचान आचरण र चरित्रबाट पहिचान हुने भएकोले समाज विकासका लागि आचरण सुधार र निश्चल चरित्र आवश्यक रहेको बताए ।

 

पूर्व सांसद एवं इन्टरनेशनल एसोशिएसन पार्लियामेण्टल फर पिस नेपालको सचिव मिलन राजवंशीले समाजमा शान्ति स्थापनाका लागि भूमिका खेलेका व्यक्तित्वहरुलाई नै शान्तिदूत घोषणा गरिएको जानकारी दिदै सम्मानित हुनेहरुले अझै समाजमा जिम्मेवारीपूर्ण ढंगबाट काम गर्नेमा विश्वस्त रहेको बताईन् ।

 

कार्यक्रममा युवा नेता ओमप्रकाश सर्राफ, गजेन्द्रमान सिंह, नेपाल प्रहरी आवासीय विद्यालय गरुडा रौतहटका प्रिन्सिपल टिका भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रमको संचालन जिल्ला शान्ति परिषदका सचिव हरि लोप्चनले गरेका थिए । यसैबीच बिहीबार नै जिल्ला शान्ति परिषद (डिष्ट्रिक पिस काउन्सिल) गठन गरिएको छ । पुनः विश्वम्भर शर्माको अध्यक्षतामा गठन गरिएको परिषदको गजेन्द्रमान सिंह उपाध्यक्ष, सचिवमा हरि लोप्चन र सदस्यहरुमा लक्ष्मी प्रसाद ओझैया र नीरज पिठाकोटेलाई चयन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.