logo

बुहारी र नातीनीलाई आगो लगाएको आरोपमा ससुरा गिरफ्तार

      6/15/2018 गते 00 00 मा प्रकाशित     1274   पटक पढिएको

बीरगंज  १ असार ।
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा २२ वर्षिया  महिला सन्जु देवी  र उनकी नौ महिने छोरी रिया साहलाई  जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ । 

घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् ।

उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको छ ।  नारायणी उपक्षेत्रीय अस्पतालमा  उपचार हुन नसकेपछि दुवै आमा छोरीलाई शुक्रवारै काठमाण्डौ लगिएको छ । उनीहरुको काठमाडौंको कीर्तिपूरमास्थित बर्निङ सेन्टरमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छन । 


सन्जु देवीको घाटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाटीमा पत्तीले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको पर्साका डिएसपी राजन लिम्बूले बताए । 

प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन् । तर सन्जु देवीका ससुरा  ४८ वर्षिय लक्ष्मीप्रसाद साहले सन्जु देवी आफैले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका  छन् ।  

 

घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन् । प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई शुक्रवारै गिरफ्तार गरेको छ । प्रहरीले घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.