logo

रगत नपाए मरिन्छ रक्तदान गर्दा मरिदैन 

      6/2/2018 गते 00 00 मा प्रकाशित     1263   पटक पढिएको

बीरगंज १९जेष्ठ
ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले आकस्मिक रक्तदान गर्नकालागि क्लबहरु निर्माण गरेको छ । दुर्लभ रक्त समुहको आकस्मिक रक्तादाद गर्नकालागि यस्तो क्लबहरुको निर्माण शुरु गरिएको एशोसिएशनले जनाएको छ । 

 


कुनै पनि ब्यक्तिलाइ रगतको समस्याका कारणले ज्यान गुमाउनु पर्ने समय नआओस भन्ने सोच राखी क्लब गठन गरिएको छ ।  जुन समूहको रगत अति आवश्यक पर्छ तर रक्तसञ्चार केन्द्रमा उपलब्ध नरहेको बेला यो क्लबले रगतको ब्यवस्थापन गर्नेछ  ।

 

 रगतको समस्यालाई न्यून गर्ने कार्यमा योजनावद्ध रुपमा सबै सदस्यहरु लागि परेको  संयोजक अरबिन्द सिंहले बताए । अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा सम्पन भएको ८औ  साधारण सभाबाट रक्तदान कार्यक्रमलाई अझ व्यवस्थित र सहज बनाउनको लागि बिभिन संरचना  गठन गर्ने निर्णय गरिएको थियो ।

 

सोही अनुरुप शनिवार बीरगंज स्थित गीता मन्दिर परिसरमा बिरगंजका विभिन्न संघसंस्थामा आबद्ध रहेका रक्तदाताहरुको भेला सम्पन्न भएको हो ।

 

उक्त भेला  अरबिन्द सिंहको सभापतित्वमा भएको थियो ।  भेलामा ब्लोदान पर्साका अध्यक्ष शत्रुघन नेपाल रक्तसञ्चार केन्द्र बिरगंजका पुर्व संयोजक मदन प्रसाद गुप्ता, श्रीपुर वडा प्रहरिका इन्चार्ज प्रहरी निरिक्षक कुमार मौनाली, रक्तसञ्चार केन्द्रका इन्चार्ज प्रबिण मानन्धर, वडा नं . २४ का वडा अध्यक्ष दशरथ पटेलले मन्तब्य राखेका थिए ।

 


विभिन्न समयमा रगतको समस्या भइरहेको र साथै रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थालाई सहज बनाउनकालागि एशोसिएशनले अभियान ने चलाएको छ । कार्यक्रममा  सहभागि प्रतिनिधिहरुबाट आएका जिज्ञासाहरुलाइ मेटाउने कार्य  प्रबिण मानन्धर, अरबिन्द सिंह र मदन गुप्ताबाट गरिएको थियोे  । कार्यक्रम संचालन  राजन श्रीवास्तवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.