logo

रेडक्रस उपशाखा स–शक्तिकरण गोष्ठी सम्पन्न

      5/31/2018 गते 00 00 मा प्रकाशित     1152   पटक पढिएको

बीरगंज १७  जेष्ठ ।
          नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा बिहिवार रेडक्रस पर्सा शाखाव्दारा गठित उपशाखाहरुकालागि स–शक्तिकरण गोष्ठी एक समारोह वीच सम्पन्न भयो  । 


       गोष्ठीमा शाखाका मंत्री बीरेन्द्रराज कंडेलले उपशाखाको बैधानिक दायित्वको वारेमा जानकारी गराएका थिए ।  विधान संशोधनको वारेमा फूलमहम्मद मियाँ, रेडक्रसको परिचय बारे अधिकृत उमेश मिश्र, रक्तदान उतप्रेरणा कक्षा प्रविण मानन्धरले लिएका थिए ।


        गोष्ठीमा आमन्त्रीत नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले ै रेडक्रसको गतिविधि र रेडक्रस स्वयंसेवकहरुले पालना गर्नु पर्ने दायित्वको वारेमा जानकारी गराएका थिए ।


           नेपाल रेडक्रस पर्सा शाखाको आयोजनामा संचालित उक्त गोष्ठीमा रेडक्रस पर्साका पदाधिकारी सदस्य, उपशाखाका पदाधिकारी गरी २१ उपशाखाका ४५ जनाको सहभागिता रहेको  कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए । 


संगठन विकास समितिका संयोजक वीरेन्द्र राज कँडेलले गोष्ठीको सभापतित्व गरेका थिए । मधुराणाले  स्वागत मन्तव्य गरेकी थिइन भने कार्यक्रमको संचालन शाखा अधिकृत उदय राज शर्माले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

मितेरी पुलमा एसएसबीले फेरी पोस्ट बनायो,भारतीय भन्सारको छ असहमती

वीरगञ्ज । नेपाल भारतको मैत्री समबनलाई सुधार गर्न कुटनीति पहलकदमीले लय समाति रहेको बेलामा भारतीय सीम सुरक्षाबलको एक पक्षीय निर्णयका कारण संशय पैदा भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.