logo

पूरी पीठ परिषदको जिम्मेवारी रम्भा मिश्र र पटेलद्वयलाई

      5/30/2018 गते 00 00 मा प्रकाशित     1367   पटक पढिएको

वीरगंज, १६ जेष्ठ । जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीको संयोजन पदको जिम्मेवारी विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।

    वीरगंजस्थित माइस्थान मन्दिरमा एक कार्यक्रमकाबीच रामराज परिषद नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी पल्टन पटेललाई प्रदान गरिएको छ भने रम्भा मिश्रलाई आनन्द वाहिनी प्रदेश नम्बर २ को संयोजक पदको जिम्मेवारी दिइयो, त्यसैगरी आदिय्य वाहिनी नेपालको पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी अनिल पटेलले पाएका छन ।

    प्रमुख अतिथि नेपाल सर्वेक्षक डाक्टर अनिल झा र विशिष्ट अतिथि अदित्यवाहिनी नेपालका संयोजक ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेको विशेष उपस्थितिमा सो जिम्मेवारी प्रदान गरिएको हो ।

    रामराज परिषद नेपालका राष्ट्रिय संयोजक धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रामराज परिषद नेपालका केन्द्रीय सल्लाहकार अधिवक्ता विनोद प्रसाद कुर्मी, केन्द्रीय प्रवक्ता राज नारायण मिश्र, आनंदवाहिनी नेपाल प्रदेश नम्बर २का कोषाध्यक्ष उषा श्रीवास्तव, बृजनंदन पटेल, पंडित घनश्याम सापकोटा, पंडित संजय चतुर्वेदी, अधिवक्ता विजय उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा पंडित ज्योतिषहरुद्वारा स्वस्ति बाचन गरी उपस्थित व्यक्तित्वहरुलाई टिका लगाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    उल्लेखित संस्थाले नेपालमा वैदिक सनातन धर्मसंस्कृति रीति रिवाज र परम्पराको संरक्षण, संवर्द्धन र उत्थानका कार्यक्रमहरू गर्ने छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.