logo

रंगपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गिरीले प्राप्त गरे प्रथम पुरस्कार

      5/18/2018 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको

बीरगंज ४ जेठ । 
नेपाल राष्ट्रीय लक्ष्मणचन्द्र ज्योती माध्यामिक बिद्यालय रंगपुरमा शुक्रवार बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

 

प्रतियोगितामा सृजन गिरी प्रथम निर्जला कुमारी द्वितिय र सकिना खातुन तृृतीय भएका छन । त्यसैगरि रेनु सुनार,म. सैफूल्लाह अमाना खातुन ,सुमित सुनार पवन कुमार र सुमन सुनारले सान्तवना स्थान हासिल गरेका छन ।

 

प्रतियोगीतमा बिजयी प्रतियोगीहरुलाई अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रतिनिधि के.सी.लामिछाने, पटेर्वा सुगौली गाउँपालिकाका वार्ड अध्यक्ष बिजय गैरे ,बिद्यालयका प्राधानाध्यापक  भोजराज गौतम  समाजसेवी बीरेन्द्र चौधरी लगायतले पुरस्कार प्रदान गरेका थिए । 


बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहको आयोजनामा सम्पन्न भएको प्रतियागितामा १५ जना बिदार्थीले भाग लिएका थिए । “नेपाली हुनुको गौरब” बिषयमा कलात्मक तरिकाले बिद्यार्थीहरुको आफना बिभिन्न तर्क प्रस्तुत गरेका थिए ।

 

उनीहरुले संसारमा दासताको जंजिररमा नजकडिएको मुलुक,सगरमाथा शान्तिका अग्रदुत गौतम बुद्ध जगत जननी सीताको  जन्मथलो ,प्रकृतिले दिएको सुन्दरता जाति धर्म भाषमा रहेको विविधतामा एकता जस्ता कुराहरुले आफूहरुलाई नेपाली हुनुमा गौरब रहेको तथ्य प्रस्तुत गरेका थिए । 


कार्यक्रममा इन्सेक प्रतिनिधि के.सी.लामिछाने,वार्ड अध्यक्ष बिजय गैरे प्रधानाध्यापक भोजराज गौतम समाजसेवी रामचन्द्र गौरो  शिक्षक इन्द्र प्रसाद गौतम ,नवराज चापागाई लगायतले आफना धारणा ब्यक्त गरेका थिए । 


बाल अधिकार चेतना समुहका सदस्य पवित्रा राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका अध्यक्ष सकिना खातुनले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.