logo

दुई दिने जिल्ला स्तरिय नेपाल जुनियर र युवा रेडक्र्स गोष्ठी प्रारम्भ 

      5/7/2018 गते 00 00 मा प्रकाशित     1958   पटक पढिएको

 बीरगंज २४ बैशाख  । नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको आयोजना तथा नेपाल रेल्वे मा.बि.जुनियर रेडक्रस सर्कल बीरगंजको आतिथ्यतामा जिल्ला स्तरीय नेपाल जुनियर युवा रेडक्र्स गोष्ठी शुरु भएको छ  ।

 

२४ र २५ गते गरि दुई दिन सम्म चल्ने गोष्ठी बीरगंजकोगोपाल मन्डली अतिथी सदन बीरगंजमा शुरु भएको हो ।


नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको जुनियर युवा रेडक्र्स समितिका संयोजक महन्थ प्रसाद यादवको सभापतित्वमा सन्चालन गोष्ठीको प्रमुख अतिथी शिक्षा बिकास तथा समन्वय इकाइ, पर्साका  प्रमुख बरखु प्रसाद रजकले  बिरुवाको गमलामा पानी हालि कार्यक्रमको उदघाटन गरेका थिए ।

 

रेडक्र्स एउटा स्वतन्त्र एवं स्वच्छ संस्था रहेको कुरा जानकारी गराउदै  विद्यार्थीहरुबाटै सुरु भएको कुरा सबैलाइ जानकारी गराउदै शुभकामना ब्यक्त गरे ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्मद मिया, वडा न. ९ का अध्यक्ष मनोज कलवार  सल्लाउदिन अहम्मद, आयोजक बिधालयका दिनानाथ रौनियारले स्वागत मन्तव्य एवं शुभकामना मन्तब्य गरेका थिए ।


नेपाल रेडक्रस गठन प्रक्रिया एव काम कर्तव्यको बारेमा सहभागी सबैलाइ डा.बिश्वम्भर शर्मा, रेडक्र्सको परिचायत्मक र रेडक्र्स परिचयको बारेमा साबिर अहम्मद एराज, खुल्ला दिशामुक्त एवं सरसफाइको बारेमा सामान्य जानकारी दिने कार्य उमेश मिश्राले गरेका थिए।


पर्सा जिल्ला अन्तरगत रहेका जुनियर युवा सर्कलका ५१ बिधालयका विद्यार्थी, रेडक्र्स कार्यसमिति, जुनियर समिती, स्वयंसेवक, शिक्षक नायक, कर्मचारी गरि ३ सय १२ जनाको सहभागीता रहेको छ । 


 कार्यक्रमको सन्चालन रेडक्र्स पर्साका शाखा अधिकृत उदय राज शर्माले गरेका थिए भने शिक्षक नायक अरबिन्द सिंहले कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन गरेका छन ।


बैशाख २५ गते  विश्व रेडक्र्स दिवसको अवसरमा बिहान ७बजे बिरगंजको घन्टाघरबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ उक्त प्रभात फेरि बिरगंज नगर परिक्रमा गरि पुन गोपाल मन्डलिमा पुगि जुनियर र युवा रेडक्र्स गोष्ठीको दोश्रो दिनको कार्य सन्चालन हुने कुरा पर्सा रेडक्र्सका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.