logo

भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्याली तथा अन्तरक्रिया

      4/20/2018 गते 00 00 मा प्रकाशित     1483   पटक पढिएको

बीरगंज ७ बैशाख ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा शुक्रवार बृहत भर्ना अभियान तथा र्याली सम्पन्न भएको छ ।

 

वडाको लक्ष्मीपुरबाट शुरु भएको र्याली हरेक टोलमा पुगेर भर्ना र अभियान र गुणस्तरीय शिक्षा सम्बन्धमा स्थानीय अभिभावकसंग अन्तरक्रिया गरेको थियो ।

 

वडा नं २ गादीमा रहेको  १४ वटा टोलमा अभियान पुगेको थियो ।लक्ष्मीपुरबाट शुरु भएको अभियान बंकुल ,रंगपुर ,सुब्बाटोल ,बिश्रामटोल, मथिल्लो टाडी ,थरघट्टी,धर्मवस्ती,बैजनाथपुर बेल्वा,वेल्वा टाडी रामपुर ,मकवानी टोल र चाफीमा,र्याली तथा अन्तरक्रिया गरिएको श्री नेपाल राष्ट्रीय निम्न मावि बेल्वाका प्रधानाध्यापक महेन्द्र चौधरीले बताए ।

 

स्थानीय समुदायसंग वालवालिकालाई बिद्यालयमा भर्ना गर्नकालागि उत्प्रेरणा जगाउदै गाउँपालिका उपाध्यक्ष ममता महतो, वडाध्यक्ष तथा मानव अधिकार निगरानी समुहका अध्यक्ष बिजय गैरे ,रंगपुर माविका प्रधानाध्यापक भाृजराज गौतम लक्ष्मीपुरका प्रधानाध्यापक द्वारिका नेपाल लगायतले अन्तरक्रिया गरेका थिए । 

 


अभियान संचालनको लागि समुहले ४ गते गरेको अन्तरक्रिया कार्यक्रमले अभियान संचालन गर्ने  निर्णय गरेको थियो । वडा कार्यालय २ को बिशेष सहयोगमा अभियान संचालन गरिएको हो ।

अभियानमा गादीमा रहेका ७ वटा बिद्यालयमा अध्यापनरत शिक्षक शिक्षीकाहरु जनप्रतिनिधिहरु  र मानव अधिकार निगरानी समुहका सदस्यहरु सहित स्थानीय नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

गादीमा एउटा माध्यामिक बिद्यालय तीन वटा आधारभूत प्रथामिक बिद्यालय र तीन वटा प्रथामिक बिद्यालय रहेका छन । सबै बिद्यालयमा करिव १ हजार ५ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन ।

 

गादीको रंगपुरमा संचालीत दुईवटा नीजि बिद्यालयमा ६ सय बिद्यार्थी अध्ययनरत रहेका छन । यस पटक बिद्यालय भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालयमा भर्ना गराउने अभियानलाई सफल पार्दै सत प्रतिशत वालवालिकालाई बिद्यालयको पहुचमा पु¥याउने योजना रहेको समुहका अध्यक्ष तथा वडाध्यक्ष बिजय गैरेले बताए 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.