logo

निगरानी समुहले बृहत भर्ना अभियान संचालन गर्ने 

      4/17/2018 गते 00 00 मा प्रकाशित     1643   पटक पढिएको

बीरगंज  ४ बैशाख । 
पटेर्वा सुगौलीको वडा नं २ गादीमा बिद्यार्थी भर्नाकालागि बृहत अभियान संचालन गरिने भएको छ । 


वडा नं २ को कार्यालयमा मंगलवार आयोजना गरिएको बिद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाकालागि सरोकारवालाको अन्तरक्रिया कार्यक्रममा अभियान संचालन गर्ने निर्णय गरिएको हो । 


वडाध्यक्ष एवं मानव अधिकार निगरानी समुह गादीका अध्यक्ष बिजय गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बैशाख ७ गते बृहत ¥याली प्रर्दशन गर्ने निर्णय गरेको छ ।

 

¥यालीमा वडा नं २ गादी भित्र रहेका सबै बिद्यालयका प्रधानाध्यापक सहित शिक्षक शिक्षीकाहरु,बिद्यालय ब्यवस्थापन समितिका सबै पदाधिकारी सदस्यहरु ,मानव अधिकार निगरानी समुहका  पदाधिकारी तथा सदस्यहरु वडाका सबै जनप्रतिनिधिहरुको  सहभागिता रहने निर्णय भएको छ ।

 

गादीमा एउटा माध्यामिक बिद्यालय तीन वटा आधारभूत प्रथामिक बिद्यालय र तीन वटा प्रथामिक बिद्यालय रहेका छन । सबै बिद्यालयमा करिव १ हजार ५ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन ।

 

गादीको रंगपुरमा संचालीत दुईवटा नीजि बिद्यालयमा ६ सय बिद्यार्थी अध्ययनरत रहेका छन । यस पटक बिद्यालय भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालयमा भर्ना गराउने अभियानलाई सफल पार्दै सत प्रतिशत वालवालिकालाई बिद्यालयको पहुचमा पु¥याउने योजना रहेको समुहका अध्यक्ष तथा वडाध्यक्ष बिजय गैरेले बताए । 

 


अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापकहरु भोजराज गौतम महेन्द्र चौधरी,द्वारिका उपाध्याय,निरमाया आले,चन्द्रकला गौरो ,इन्दिरा दाहाल रामनारायण साह गोढ बिद्यालय ब्यवस्थापन समितिका बीरेन्द्र चौधरी रंगपुर चौकीका प्रमुख प्रहरी सहायक नीरिक्षक बलीराम साह,वडा सदस्यहरु राजकपुर गौरो गाउँकार्यपालिका सदस्य कलही देवी मुसहर  वडा सचिव देवीचरण न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमा गुणस्तरीय शिक्षाकोलागि वडा कार्यालयको तर्फबाट बिद्यालयलाई चाहिने आवश्यक स्रोत उपलब्ध गराइने तर परिणाम राम्रो चाहिने बिषयमा वडाध्यक्ष गैरेले सबैको ध्यानाकर्षण गराएका थिए । प्रधानाध्यापकहरुले पनि आफूहरु परिणाम दिने गरि ब्यपस्थापन गर्न तयार रहेको जनाउ दिएका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.