logo

क्षितिजको स्मृतिमा शिक्षाप्रेमीहरु सम्मानीत

      4/16/2018 गते 00 00 मा प्रकाशित     1617   पटक पढिएको

बीरगंज ३ बैशाख । 
क्षितिज स्मृति प्रतिष्ठान वीरगन्जले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

स्वर्गीय क्षितिज श्रेष्ठको दोश्रो स्मृति दिवसको अवसरमा श्रीपुरको कुमुदुनी एकेडेमीमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले  रक्तदान गरेका छन् । रगत दान गर्नेहरुमा रन्जिव आनन्दन , राहुल तिवारी , ज्योति ठाकुर  लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख प्रविण मानन्धरले जानकारी दिनुभयो ।

 

त्यस्तै त्यही कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरुलाई  सम्मान पनि गरिएको छ । शैक्षिक, आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान दिएको भन्दै  विजय सरावगी, उर्मिला लामा, जगत राई, रमेश अग्रवाल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको क्षितिज स्मृति प्रतिष्ठानका अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिए  ।

 

श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा, प्राध्यापक डाक्टर दिपक शाक्य, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.