logo

बिजयबस्ती एफएमको दोश्रो वर्षिकोत्सव कार्यक्रम सम्पन्न

      4/14/2018 गते 00 00 मा प्रकाशित     1491   पटक पढिएको

कृष्ण मोहन साह  
बैशाख १सेढवा ।
पर्साको ग्रामीण क्षेत्रको पहिलो र एक मात्र सामुदायीक रेडियो बिजयवस्ती एफएमको आज दोस्रो वार्षिकेत्सव  एक भब्य कार्यक्रमका  बीच सम्पन्न भएको छ।

 


रेडियो बिजय वस्ती एफएम २०७३ सालको  बैशाख  १गतेदेखि सुरु भएको हो । वार्षिकोत्सव   कार्यक्रममा  ठोरी गाउँ पालिका प्रमुख पिएल श्रेष्ठले रेडियो प्रती  ठोरी गाउँ पालिका सदैव सकारात्मक रहेको बताए ।

 

उनले  रेडियो पनि गम्भीर र निष्पक्ष भइ समाजप्रती सामान दृष्टिकोण राखेर रेडियो समाग्री उत्पादन र प्रशारणमा लाग्नु पर्ने सुझाव दिए ।  

 


 रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्ब मा समपन्न कार्यक्रममा जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मिया पुर्व गाबिस अध्यक्ष लालबाहदुर श्रेष्ठ , खानेपानी सरसफाइ निर्मलबस्तीका अध्यक्ष अमर निर्दोष ,पत्रकार सन्तोष देउजा , प्रेम लामा ,ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरु लगाएतको सहभागिता रहेको थियो ।

 


कार्यक्रममा विभिन्न संघ सस्था बाट रेडियो लाई सहयोग गरेका व्यक्ति हरुलाइ प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।

 


सम्मानित हुनेहरुमा निर्मल बस्तीका पूर्व प्रधानाध्यापक नागेन्द्र दास , रेडियोकर्मी प्रेम लामा , माधव तिमिल्सिना , कृष्ण मोहन साह, मेघराज राय, सनम श्रेष्ठ उतम श्रेष्ठ लगाएतका सन्चारकर्मीहरुलाइ सम्मान गरिएको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.