logo

चिनी उद्योगमा भएको विष्फोटमा एकजनाको मात्रै मृत्यु भएको पुष्टि 

      4/10/2018 गते 00 00 मा प्रकाशित     1371   पटक पढिएको

कलैया, २७ चैत्र । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा मंगलबार बिहान टयाङकी विस्फोट हुदा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

 

चिनी उद्योगमा रहेको उखुको रस भण्डारण गरिने मलासी टयाङकी मंगलबार बिहान साढे ११ बजे तिर विस्फोट भइ पर्खाल भत्किदा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको बाराका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए । मृत्यु हुनेमा चिनी मिलका कर्मचारी भारत घर भएका राम सेनाइ रहेका छन् ।

 

उनको घटनास्थलमा नै मृत्यु भएको हो । विस्फोटमा परि उद्योगमा काम गर्ने कर्मचारीहरु बारा भोडहा मटिअरिया निवासी ३० वर्षीय प्रमेश्वर साह, बाराको उतर झिटकैया निवासी २७ वर्षीय भुपेन्द्र मण्डल, भारतीय नागरिक ५२ वर्षीय कमलेन्द्र सिंह, कलैया उपमहानगरपालिका २ निवासी ब्रजेश महतो, बारा जिल्लाको शीतलपुर निवासी ३५ वर्षीय देवनरायण महतो, पर्सा जिल्लाको भेडिहारी निवासी ३२ वर्षीय प्रेम राउत बरई, बारा जिल्लाको उत्तर झिटकैया निवासी ३५ वर्षीय रमेश यादव र बाराको महागढीमाई नगरपालिका वडा नंबर ११ का ४७ वर्षिय नागेन्द्र ठाकुर घाइते भएका छन् ।

 

घाइते मध्ये एक जनाको कलैया अस्पतालमा र बाँकी आठ जनाको वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.