logo

पत्रकार पिठाकोटेलाई फोनिजद्वारा सम्मान

      4/9/2018 गते 00 00 मा प्रकाशित     930   पटक पढिएको

वीरगन्ज, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर २ को इन्चार्जमा निर्वाचित निरज पिठाकोटेलाई आज सम्मान गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्सा फोनिज पर्साका शाखाले एक कार्यक्रमको आयोजना गरी पिठाकोटे मगरलाई सम्मान गरेको हो ।

फोजिन पर्सा शाखाका अध्यक्ष दिलिप प्रधानको अध्यक्षतामा वीरगन्जको कुमुदुनी एकेडेमीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश नम्बर २ को इन्चार्जमा निर्वाचित निरज पिठाकोटेलाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर र फोनिज अध्यक्ष दिलिप प्रधानले संयुक्त रुपमा अविर, माला र खादा आढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेपाल आदिवासी बुद्धिजीवि संगठनका अध्यक्ष बलराम श्रेष्ठ, फोनिज प्रदेश प्रतिनिधि जगत राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । फोनिज पर्साका उपाध्यक्ष अजित भुजेलले सहजीकरण गरेको कार्यक्रममा फोनिज पर्साका सहसचिव राम मण्डल, उदय दास थारु, कल्याण बहादुरा हाडा, संतोष रञ्जितकार, सुवास आले लगायतको पनि उपस्थिति रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.