logo

जाली ब्यवस्थापन समिति बिरुद्ध बिद्यालयमा तालाबन्दी

      4/3/2018 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको

बीरगंज २१ चैत ।पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा अनियमित तरिकाले बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको भन्दै बिद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन । 

 


दुई महिना अगाडि धारा साइकल बितरण गर्ने भन्दै संकलन गरिएको हस्ताक्षरलाई आधार बनाएर ब्यवस्थापन समिति बनाइएको स्थानीयको आरोप छ ।

 

वार्ड अध्इष मदन साह कानु र बिद्यालयका प्रधानाध्यापक राजकिशोर चौरसियाको मिलोमतोमा ब्यवस्थापन समिति गठन भएको ४ दिन अगाडि स्थानीयले थाहा पाएपछि बिद्यालयमा ताला लगाएका हुन । 


हामीलाई जानकारी दिइएन अनियमित तरिकाले ब्यवस्थापन समिति गठन भएको बिरोधमा ताला बन्द गर्नु परेको स्थानीय दुःखनी देवीले बताइन । उनै दुखनी देवीको नेतृत्वमा ५० भन्दा बढी महिलाको टोलीले बिद्यालयमा गएर २० गते तालाबन्दी गरेको हो ।

 

प्राधानाध्यापक गाउँपालिकाका अध्यक्षको भान्जा भएकोले गाउँपालिका अध्यक्षको आडमा यस्तो भएको स्थानीयको आरोप छ । तालाबन्दीका कारण बिद्यालयको शैक्षीक वतावरण बिग्रदै गएको स्थानीयले बताएका छन ।

 

नारा जुलुस सहित बिद्यालयमा समुदायका ब्यक्तिको प्रवेश बालमनोबिज्ञानमा नराम्रो असर पर्ने थालेको स्थानीय अगुवाको टिप्पणी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस बिभिचन्न कार्यक्रम गरि  मनाइँदै

वीरगंज।  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ वीरगंजमा  विश्व रेडक्रस दिवस मनाइएको छ  ।

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.