logo

गिनीजबुकमा रेकर्ड राख्ने गरि टुडिँखेलमा रक्तदान कार्यक्रमको आयोजना हुने

      3/3/2018 गते 00 00 मा प्रकाशित     1415   पटक पढिएको

काठमाण्डौ १९ फागुन । 
गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि यहि फागुन २४ गते काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स कल्व अफ काठमाण्डौ नेपाल र लायन्स कल्व काठमाण्डौ हिमचुलीको संयुक्त आयोजनामा हुने बृहत्त रक्तदान कार्यक्रममा करीव ३ हजारले  रक्तदान गर्ने अनुमान गरिएको कार्यक्रमका सञ्चार संयोजक सुदिपचन्द्र बख्रेलले बताए ।

 

विश्व रेकर्डका साथै रक्तदानसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बख्रेलले बताए  । कार्यक्रमबारे यसअघि रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको थियो ।

 

पत्रकार सम्मेलनमा लायन्स क्लब अफ काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा बिध्यमान रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि कार्यक्रम गर्न लागिएको बताएका थिए ।

 

उनले भने हामीले यो कार्यक्रम फागुन २४ गते राजधानीको टुडिँखेलमा आयोजना गर्दैछौँ, कार्यक्रममा करिब ३ हजार रक्तदाताहरुको उपस्थिति हुने अपेक्षा राखेका छौँ, बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ, १८ वर्ष पुगेका देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्न सक्नने उनले बताए । ’

 

लायन्सको ३२५ नेपाल मल्टिपल काउन्सिलका अध्यक्ष बालकृष्ण बुर्लाकोटीले सम्पूर्ण लायन्स क्लबले यस कार्यक्रमलाई सम्पन्न गनको लागि साथ दिने वचनबद्धता गरेका छन् ।

 


कार्यक्रममा ब्लड डोर्नस एशोसियसनका केन्द्रिय सचिव सुर्यलाल महर्जन, लायन्सका गर्भनर डि.आर. खनाल, त्यस्तै उपाध्यक्ष अनुप पहरी, हिसानका केन्द्रिय सचिव रामहरी सिलवाल, रोकर्याक्टका द्धारिका भट्टराई, जेसिसका राष्ट्रिय उपाध्यक्ष रविन पोखरेल लगायतले उक्त कार्यक्रमको सफलताको लागि आफ्ना संस्थाको सहभागिता रहने जानकारी गराएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.