logo

समाजकालागि उदाहरणीय बन्योे हसुवाको दाइजो बिहिन आदर्श बिवाह 

      2/28/2018 गते 00 00 मा प्रकाशित     2611   पटक पढिएको

वीरगन्ज, १६ फागुन । 

बुधवार पर्साको विन्दवासिनी गाउँपालिकाको हसुवामा रहेको रामजानकी मन्दिरमा एक आदर्श विवाह सम्पन्न भयो । 


बेहुला थिए बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का देवकी महतो केवटका २५ बर्षीय छोरा सुनिल महतो केवट ।

 

बेहुली थिइन पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ हसुवाका किशोरी सहनीकी १८ बर्षीया छोरी मीना कुमारी । 


बिवाह  मन्दीरमा सादगीपूर्ण भयो । भोज भत्तेर पनि गरिएन । मधेशी समाजमा यो बिवाह एक महत्वपूर्ण कदम थियो ।


वाल बिवाह र दाइजो प्रथाले थिलथिलो भएको समाजलाई  एउटा गतिलो उदाहरण पनि ।

दाईजो विना नै विवाह गरेका सुनिलका परिवार पनि खुशी छन् । मधेसी समुदायमा दाइजो बिनाको बिवाह दुर्लभ नै हुन्छ ।

दाइजो रुपमा नगद कति जिन्सीमा के के पाइयो भन्ने कुरा इज्जत प्रतिष्ठासंग जोडिने भएकोले समाजमा सबैको नजर दाइजो प्रति केन्द्रीत हुन्छ । बेहुलाले दाइजो नलिने आदर्श कुरा ग¥यो भने परिवारकै सदस्यहरु असन्तुष्ट हुन्छन । तर यो बिवाहमा दुबै घर परिवार खुशी देखिए ।

 

दाईजो नलिई विवाह गरेपनि सुनिलको परिवार खुशी रहेको उनका दाजु अनिलले बताए । उनले भने, उनीहरु खुशी हुनु नै हाम्रो खुशी हो । 

 

दाईजो र भोजभतेर नगरी विवाह गरेर समाजलाई उदाहरणीय परिवार बनेर देखाएको सामाजिक अभियन्ताहरुले बताएका छन् । बालविवाह, दाईजो प्रथा, उमेर नपुगी गरिदिने विवाहका कारण तराई मधेसका महिलाहरु पीडित भईरहेका छन् ।

 

सुनिल र मीनाले गरेको उदाहरणीय र प्रशंसायोग्य विवाहले दाईजो प्रथाले जरो गाडेर बसेको मधेस तराईका समाजलाई भने गतिलो जवाफ दिएको छ ।

उनीहरुको यस्तो प्रेरणादायी कार्यले सामाजका अन्य व्यक्ति र परिवारहरुका लागि पनि प्रेरणा बन्न सक्छ । वीरगन्जका सामाजिक अभियन्ता प्रकाश थारु सुनिल र मीनाको साहशिक कामले आपूmहरुको अभियानलाई थप उपलब्धीपूर्ण बनाएको बताउछन् ।

 

सुनिल र मीना जस्ता युवाहरुको सहयोगले नै भोलिका दिनमा मधेसलाई दहेजमुक्त र वालविवाहमुक्त बनाउन सक्छौं, उनले भने । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.