logo

जीतपुरसीमरा उपमहानगरमा पूर्वाधार निर्माणमा चीनीया बैंकले २ अर्व लगानी गर्ने

      2/28/2018 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

सिमरा, १६ फाल्गुन । जीतपुरसीमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चिनको एशियन ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकले लगानी गर्ने भएको छ । 


अर्बान ईन्फास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत बैंकले उपमहानगरको सडक, पुल, आयस्रोतको पूर्वाधारका निर्माणका लागि झण्डै दुई अर्ब लगानी गर्ने भएको हो ।

उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले काठमाण्डौस्थित शहरी बिकास बिभाग पुगेर केही महिनाअघि प्रोजेक्टका लागि पहल थालेका थिए । 


नगर प्रमुखको पहलपछि लगानी गर्न ईच्छुक देखिएको चीनीया  बैंकको टोली बुधवार जीतपुरसिमरा आईपुगेको हो । टोलीले उपमहानगर शहरी र ग्रामीण भेगको निरिक्षण समेत गरेको छ ।

उपमहानगरका नगर प्रमुख डा. पौडेलले टोलीलाई निरिक्षण गराउदै उपमहानगरको अवस्था र सम्भावनाका बारेमा जानकारी गराएका थिए । 
टोलीमा बैंकको ईन्भेष्टमेन्ट अपरेशन स्पेसियलिष्ट साङमो किमको नेतृत्वमा आएको टोलीमा बैंकका प्रतिनिधि टासी टेन्जीङ, शहरी बिकास बिभागका बरिष्ठ ईन्जिनियर सरेन्द्रमोहन श्रेष्ठ, ईन्जिनियर बिश्वराम प्रजापती सहभागी थिए । निरिक्षणपछि आयोजित कार्यक्रममा टोलीका नेतृत्वकर्ता किमले पूर्वाधार निर्माणका लागि लगानी गर्न बैंक ईन्छुक रहेको भन्दै किमले उपमहानगरबासीलाई शुभकामना ब्यक्त गरेका थिए । 

 


शहरी बिभागका ईन्जिनियर श्रेष्ठले प्रोजेक्टको बारेमा उपमहानगरको कार्यपालिका सदस्यलाई जानकारी गराएका थिए । उपमहानगरमा ठुलो लगानी हुन लागेको भन्दै श्रेष्ठले यसबाट उपमहानगरको कमजोर अवस्थालाई सुधार गर्न केही सहयोग पुग्ने बताए ।  


कार्यक्रममा बैंकका प्रतिनिधि टेन्जीङले उपमहानगरको निरिक्षण गर्दा धेरै सम्भावना देखेको भन्दै बैंकको लगानी नगरबासीले पाउने र उपमहानगरको अवस्था सुदृढ हुनेमा आफू बिश्वस्त रहेको बताए ।

उपमहानगरभित्र औद्योगिक करिडोर, अन्र्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटकिय क्षेत्रलगायत थुप्रै सम्भावना रहेकाले भबिष्यमा यो उपमहानगर देशकै नमुना बन्न सक्ने उनको भनाई थियो । 


कार्यक्रममा जीतपुरसीमराका नगर प्रमुख डा. पौडेलले समृद्ध उपमहानगरको अभियानमा अर्बान ईन्फास्ट्रक्चर डेभ्लभमेन्ट प्रोजेक्टको साथबाट अत्यन्त हर्षित भएको भन्दै बैंकका प्रतिनिधिलाई धन्यवाद ब्यक्त गरे । लगानी गर्न उत्साहित रहेको बैंकलाई निराश नपार्ने गरी पारदर्शी र दिर्घकालिन सोचसहित काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् ।

जनसंख्या र भुगोलको हिसाबले मात्रै उपमहानगर बनेको जीतपुरसिमरामा दुई अर्बको लगानीबाट थुप्रै पूर्वाधार निर्माण गर्न सकिने उनको भनाई थियो । 


कार्यक्रममा बरिष्ठ ईन्जिनियर रामनरेश यादवले जीतपुरसिमराको अवस्था, सम्भावना र योजना बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, कार्यपालिकाका सदस्य, कर्मचारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत नविन लामाले गरेका थिए ।

यसअघि बैंकको टोलीलाई उपमहानगरको कार्यपालिका सदस्य र कर्मचारीले स्वागत गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.