logo

घरेलु रक्सी उत्पादन गर्ने भट्टी प्रहरीद्वारा नष्ट

      2/27/2018 गते 00 00 मा प्रकाशित     2305   पटक पढिएको

वीरगञ्ज १५ फागुन । 
प्रहरीले ग्रामीण इलाका घरेलु मदिरा उत्पादन गर्ने उधोगहरु ध्वस्त पार्ने अभियान शुरु गरेको छ ।

 

प्रहरीले अखाद्य सामाग्रीको प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा उत्पादनमा जति कडाई गरेपनि यो नियन्त्रण हुन सकेको छैन । प्रहरीले उधोग ध्वस्त पारेको केही समयपछि पूनः उत्पादन शुरु हुने प्रवृति देखा परेको छ ।

 

पाण्डेपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुकर महतोको टोलीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट पारेको छ ।  प्रहरीले भट्टीमा फेला पारेको ४ सय लिटर मदिरा स्थानियको रोहवरमा नष्ट गरेको छ । यता प्रहरीले  लागु औषध सहित २  युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का १८ वर्षीय तरुण जंग गिरी र सोही ठाउँका २० बर्षीय ईन्तिहाज अंसारी रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको लागु औषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरु पक्राउ गरेको हो ।

 

भारतको रक्सौलबाट लागु औषध बोकी बीरगञ्ज तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बरिगञ्जको रजतजयन्ती चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ६९ पिस नाईट्रोभेट ट्याब्लेट बरामद गरेकोे छ ।

 

उनीहरुको बिषयमा आपवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक राजन लिम्बुले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.