logo

नगर प्रमुखद्धारा पक्की सडकको शिलान्यास

      2/14/2018 गते 00 00 मा प्रकाशित     1704   पटक पढिएको

सिमरा, २ फाल्गुन । जीतपुरसिमरा उपमहानगरपाकिका नगर प्रमुख डा. कृष्ण पौडेलले बुधवार वडा नम्बर २२ मा दुई वटा योजनाको शिलन्यास गरेका छन् । 

 


उपमहानगरको नगर सभाबाट पारित वडा नम्बर २२ स्थित चकरी र ढुकुवाबासमा पक्की सडक र ट्रयाक खोल्ने कामको सुरुवात गरेका हुन् । चकरीमा निर्माण गर्न लागिएको सडक ढलानको सिलन्यास गर्दै नगर प्रमुख डा. पौडेलले उपमहानगरको प्रथम सभाले प्राथमिकतामा राखेको सडक सञ्जाल बिस्तार गर्ने कामले अहिले तिब्रता पाईरहेको बताए । 

 


उपमहानगरको नगर सभाबाट पारित दुई सय भन्दा बढी योजनाको काम अघि बढिरहेको भन्दै नगर प्रमुख डा. पौडेलले योजना निर्माणमा नगरबासीको साथ र सहयोगको आवश्यकता रहेको बताए । पक्की सडक शिलान्यास कार्यक्रममा नगर प्रमुख डा. पौडेलसहित उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर २२ का अध्यक्ष मनिकलाल थिङ, वडा नम्बर २१ का अध्यक्ष कृष्ण ठकुरी, वडा सचिव बिजयकान्त झा, उपभोक्ता समितिका अध्यक्ष प्रेम लोप्चनसहित स्थानियको सहभागिता रहेको थियो । 

 


यसैगरी नगर प्रमुख डा. पौडेलले तीन नम्बर पुलबाट ढुकुवाबासको बस्तीसम्म पुग्ने बाटोको ट्रयाक खोल्ने कामको सुरुवात गरेका छन् । नगर प्रमुख डा. पौडेलले आफैले बाटो खनेर कामको सुरुवात गरेका हुन् । कार्यक्रममा उप्रमुख चौधरी, प्रशासिकिय अधिकृत उप्रेती, वडा अध्यक्षद्धय थिङ, ठकुरी, उपभोक्ता समितिका अध्यक्ष टिकाराम गोलेसहित स्थानियको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.