logo

सूचना माग्ने अभियान्तलाई धम्की

      2/14/2018 गते 00 00 मा प्रकाशित     1929   पटक पढिएको

बीरगंज २ फाल्गुन । 
बीरगंज महानगरपालिका वार्ड नं ३१ बस्ने मुहम्मद औरगंजेब अंसारीले सूचना माग्दा समिर आलमले फोन मार्फत धमक्याएका छन् ।

 

अंसारीले सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुसार विरगंज महानगरपालिका, श्रीपुर पावर हाउस स्थित सिद्धार्थ माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश पाण्डेलाई सूचना उपलब्ध गराइपाउँ भनि चिठ्ठी पठाएका थिए । नेपालको संबिधान २०७२ को धारा २७ बमोजिम कुनै पनि सरकारी कार्यालयहरुबाट सूचना माग्न र पाउने हकलाइ मौलिक हक भनिएको हुदा पनि अन्सारीले सूचना माग गर्दै चिठी पठाएका हुन ।

 

तर आलमले अन्सारीलाई बिद्यालयका प्रअ पाण्डेलाई त्यस्तो प्रकारको चिठ्ठी किन पठाएको भन्दै फोनमार्फत गालीगलौच गरेको अन्सारीले  बताए।  अन्सारीले उक्त कार्यालयबाट शिक्षकको लगत, हालसम्मको आर्थिक हिसाब किताव लगायत आठ बुँदे विभिन्न सूचनाको माग सहित पत्र पठाएको बताए ।

 

 अंसारीले मिति २०७३ /०९/२८ गतेका दिन उक्त कार्यालयका सूचना अधिकारीको नाममा पठाएको चिठ्ठीको कुनै जवाब नपाएपछि सूचना उपलब्ध नगराउने सूचना अधिकारि उपर कारवाही गरिपाउ भन्ने  माग गरेको सूचना कार्यालय प्रमुखले उपलब्ध गराई दिने सम्बन्धमा मिति २०७४/१०/१२ गतेका दिन पठाएका थिए ।

 

नेपालको संबिधान २०७२ को धारा २७ बमोजिम आफ्नो सरोकारको बिषयको सूचना माग्ने र सार्वजनिक कार्यालयले स्वत सूचना माग कर्तालाई दिने मौलिक हक रहेको कुरा थाहा हुदाहुदै पनि आइतबार राति १०.१९ मिनटमा ९८६१५८०९९४ नम्बरले समिर आलम नाम भएको व्यक्तिले अन्सारीलाई फोन गरि ज्यान मार्ने धम्कि दिए । धम्की आएपनि अन्सारीले आफ्नो मौलिक हकको पालना गर्दै उक्त कार्यालयका सूचना लिएर नै छाड्ने प्रतिबदता गरेका बताए। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.