logo

तलव नदिने संचारगृहमा ताला लगाउछौ -अध्यक्ष आचार्य

      2/13/2018 गते 00 00 मा प्रकाशित     1777   पटक पढिएको

बीरगंज १ फागुण । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नियुक्तीपत्र र तलब नदिने सञ्चार गृहमा ताला लगाउने बताएका छन  । उनले  श्रमजीवि पत्रकारहरुको पक्षमा महासंघ रहेको बताउँदै नियुक्ती पत्र र तलब दिन नसक्ने मिडिया बन्द हुनुपर्नेमा जोड दिए  ।

 नेपाल पत्रकार महासंघले वीरगञ्जमा आयोजना गरेको स्वर्गीय गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार  वितरण समारोहमा राज्यको संरचना अनुसार नै नेपाल पत्रकार महासंघको समेत पूर्न संरचना भईरहेको बताए ।

 गत वर्ष र यस वर्ष गरि दुई वर्षको स्व. गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार कार्यक्रममा प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय पत्रकार गोपाल गिरि क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार महेशचन्द्र गौतम र ध्रुव साहलाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष शत्रुघ्न नेपालको संयोजकत्वको छनौट समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कार दिने निर्णय गरिएको थियो । पुरस्कृत पत्रकार गौतम वीरगञ्जबाट प्रकाशित हुँदै आएको सर्व राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साह रेडियो वीरगञ्जका सञ्चालक हुन् ।

यसभन्दा अघि यो पुरस्कारबाट पत्रकार मुकुन्द आचार्य,के.सी.लामिछाने,ओमप्रकाश खनाल,बिम्मी शर्मा,शत्रुघ्न नेपाल,राजु श्रेष्ठ,शितल महतो,श्याम बन्जारा लगायतका पत्रकार पुरस्कृत भइसकेका छन ।

पुरस्कृत पत्रकारहरुलाई नगद २५÷२५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको नेपाल पत्रकार महासंघ पर्सा शाखा सचिव युवराज खड्काले जानकारी दिए  । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । वीरगञ्जको मेयर रहेको बखत २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोली हानी गोपाल गिरीको हत्या  गरेको थियो ।


उनैै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार स्थापना गरेको थियो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम वञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधि सभा सदस्य बिमल श्रीवास्तव, प्रदिप यादव, गोपाल गिरीका छोरा गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी, पुरस्कृत पत्रकारद्वय लगायतले गिरीको योगदानको बारेमा चर्चा गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.