logo

अनुभूतीमा एक दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न

      2/10/2018 गते 00 00 मा प्रकाशित     1511   पटक पढिएको

बीरगंज २७ माघ । 
बीरगंजको अनुभूती कलेजमा नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ । कलेजमा रहेको युवा समुहको आयोजनामा तालिम संचालन भएको हो ।


कलेजको कक्षा ११ र १२ का ३५जना छात्र छात्राको सहभागिता रहेको थियो । तालिममा कलेजका निर्देशक सुमन कार्कीले बिदार्थीहरुलाई गतिशिल बन्न आग्रह गरे । उनले आजकलका बिदार्थीहरु प्रविधि आश्रीत भएको चर्चा गर्दै प्राज्ञिक ज्ञान हासिल गर्न अल्छी बन्दै गएको चर्चा गरे । 


उनले आफनो कलेजका प्रारम्भका दिनको स्मरण गर्दै यो उमेरमा सहिबाटो समात्नु पर्नेमा जोड दिए । 
युवा समुहका अध्यक्ष अंकुश ब्याहुतको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले ब्यक्तित्व निर्माणको दिशामा बिद्यार्थीहरुले फोकस गर्नु पर्नेमा जोड दिए ।

उनले अतिरिक्त क्रियाकलापहरुमा भाग लिने बानीले ब्यवहारिक ज्ञानको दायरा फराकिलो हुनुका साथै समाज सभ्यता र संस्कृति बुझ्न सहज हुने बताए । 


कार्यक्रममा शिक्षक एवं चर्चित पत्रकार उज्वल घिमिरेले नेतृत्व तथा ब्यक्ति बिकासका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा बिद्यार्थीहरुको तर्फबाट बिवेक कर्ण ,एन्जिला प्रजापती र रानी कलवारले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.