logo

अनुभूतीमा एक दिने ब्यक्तित्व तथा नेतृत्व बिकास तालिम सम्पन्न

      2/10/2018 गते 00 00 मा प्रकाशित     1438   पटक पढिएको

बीरगंज २७ माघ । 
बीरगंजको अनुभूती कलेजमा नेतृत्व तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न भएको छ । कलेजमा रहेको युवा समुहको आयोजनामा तालिम संचालन भएको हो ।


कलेजको कक्षा ११ र १२ का ३५जना छात्र छात्राको सहभागिता रहेको थियो । तालिममा कलेजका निर्देशक सुमन कार्कीले बिदार्थीहरुलाई गतिशिल बन्न आग्रह गरे । उनले आजकलका बिदार्थीहरु प्रविधि आश्रीत भएको चर्चा गर्दै प्राज्ञिक ज्ञान हासिल गर्न अल्छी बन्दै गएको चर्चा गरे । 


उनले आफनो कलेजका प्रारम्भका दिनको स्मरण गर्दै यो उमेरमा सहिबाटो समात्नु पर्नेमा जोड दिए । 
युवा समुहका अध्यक्ष अंकुश ब्याहुतको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले ब्यक्तित्व निर्माणको दिशामा बिद्यार्थीहरुले फोकस गर्नु पर्नेमा जोड दिए ।

उनले अतिरिक्त क्रियाकलापहरुमा भाग लिने बानीले ब्यवहारिक ज्ञानको दायरा फराकिलो हुनुका साथै समाज सभ्यता र संस्कृति बुझ्न सहज हुने बताए । 


कार्यक्रममा शिक्षक एवं चर्चित पत्रकार उज्वल घिमिरेले नेतृत्व तथा ब्यक्ति बिकासका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा बिद्यार्थीहरुको तर्फबाट बिवेक कर्ण ,एन्जिला प्रजापती र रानी कलवारले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.