logo

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन फागुनमा हुने 

      2/10/2018 गते 00 00 मा प्रकाशित     1496   पटक पढिएको

वीरगन्ज, २७ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने, महासंघको अधिवेशन गर्ने, विभिन्न संघ संस्थाहरुसँग अन्तरकृया तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्ला अधिवेशन तयारीका लागि अध्यक्ष दिपिल प्रधानको संयोजकत्वमा नीरज पिठाकोटे, हेमन्त तामाङ, अजित भुजेल, प्रकाश थारु, कुसुमलाल श्रेष्ठ, दिपेश श्रेष्ठ लगायत रहने गरी सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको छ ।

त्यस्तै विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अन्तकृया तथा विविध कार्यक्रम गर्नको लागि जगत राईको संयोजकत्वमा मूनेश कुमार लायो मगर, नन्द किशोर पञ्जियार, सुवाष आले मगर, संतोष रञ्जितकार, लगायतको रहने गरी समिति गठन गरेको छ ।

शनिबार सम्पन्न बैठकमा महासंघका सल्लाहाकार बलराम श्रेष्ठ, कार्यसमितिका सदस्यहरु लगायत आदिवासी जनजाति समुदायका पत्रकारहरुको सहभागिता रहेको थियो ।   
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.