logo

हिन्दी भाषाको प्रयोगले नाखुश छन भोजपुरी भाषी

      2/5/2018 गते 00 00 मा प्रकाशित     2148   पटक पढिएको

बीरगंज २२ माघ । 
प्रदेश नम्बर २ को पहिलो बैठकमा प्रयोग भएको हिन्दी भाषाका कारण सामाजिक संजालमा कडा प्रतिक्रियाहरु ब्यक्त भइरहेका छन । 
    प्रदेश सभाको पहिलो बैठकमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लालबाबु राउत गद्धी र राजपाका महासचिव जितेन्द्र सोनलले हिन्दी भाषामा आफनो भनाइ राखेका थिए । अन्य दलका तर्फबाट नेकपा एमालेका सत्यनारायण मंण्डल,शत्रुघ्न महतो नेपाली कांग्रेसका रामसरोज यादव नेकपा माओवादीका भरत यादव लगायतले आफनो मातृभाषा मैथलीमा आफना भनाई राखेका थिए । 

 


    भोजपुरी मातृभाषा भएकाले समेत हिन्दी भाषाको प्रयोग गरेको भन्दै राउत र सोनलको भाषाप्रति सम्मान जाहेर गर्न चाहनेहरुले आलोचना गरेका छन ।


    आफनो मातृभाषा प्रयोग गर्न लाज मान्नेहरुले पहिचानको कुरा गर्नु नै बिडम्बाना भएको तर्क जर्वजस्त रुपमा उठन थालेको छ । सामाजिक संजालमा हिन्दीभाषा प्रति देखिएको मोहका बिषयमा कडा टिप्पणीहरु आएका छन । ,शम्भू कुमार सुमनले भोजपुरी भाषामा  “यि नेता ना गुलाम हउसन” टिप्पणी गरेका छन । यि नेता होइनन गुलाम हुन सुमनले लेखेको प्रतिक्रियाजस्तै अरुले पनि कडा प्रतिक्रिया दिएका छन । 

 


    नवनित अग्रवाल(सोनु) ले भारतीय महावाणिज्यदुतावासको इशारामा यस्तो भएको उल्लेख गरेका छन । उनले दुतावासले जे भन्छ त्यही गर्ने हुन आखिर तलव भत्ता उतैबाट आउने हो क्यारे भनेर ब्यङ्य समेत गरेका छन । मित्रदेव मधेशीले “भारतीय दलाल हुन ” भनेका छन । 


मिथिला क्षेत्रबाट निर्वाचित भएका नेताहरुले आफनो मातृभाषामा भनाई राखेको देख्दा भोजपुरी भाषी जनताले पनि आफनो नेताले आफनै भाषामा भनाई राखेको भए राम्रो हुन्थ्यो भनेर ठान्नु स्वभाविक नै हो । तर मैथील नेताहरुले बोलेको भोजपुरी क्षेत्रका नागरिकले नबुझेपनि केही नहुने तर भोजपुरी क्षेत्रका नेताले आफूले बोलेको सबैले बुझ्नु पर्ने भन्दै हिन्दीमा बोल्नुलाई भोजपुरी भाषी नागरिकले ठिक ठानेका छैनन । 


    पत्रकार मोनिका खतिवडाले भने हिन्दी भाषा प्रयोगको बचाउ गरेकी छिन । उनले सामाजिक संजालमा हिन्दी भाषा प्रयोग भएको देखेर अरु प्रदेशका मान्छेहरुले दुई नम्बर प्रदेशका जनताको चित्त दुख्ने गरि टिप्पणी गर्न नहुने उल्लेख गरेकी छिन । उनले नेपाल पहाडेको मात्र हैन मधेशीको पनि हो नेपाल दौरा लाउनेको मात्र होइन धोती लाउनेको पनि हो भन्दै हिन्दीको प्रयोगलाई अनुचित ठान्न नहुनेमा जोड दिएकी छिन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.