logo

हिन्दी भाषाको प्रयोगले नाखुश छन भोजपुरी भाषी

      2/5/2018 गते 00 00 मा प्रकाशित     2010   पटक पढिएको

बीरगंज २२ माघ । 
प्रदेश नम्बर २ को पहिलो बैठकमा प्रयोग भएको हिन्दी भाषाका कारण सामाजिक संजालमा कडा प्रतिक्रियाहरु ब्यक्त भइरहेका छन । 
    प्रदेश सभाको पहिलो बैठकमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका लालबाबु राउत गद्धी र राजपाका महासचिव जितेन्द्र सोनलले हिन्दी भाषामा आफनो भनाइ राखेका थिए । अन्य दलका तर्फबाट नेकपा एमालेका सत्यनारायण मंण्डल,शत्रुघ्न महतो नेपाली कांग्रेसका रामसरोज यादव नेकपा माओवादीका भरत यादव लगायतले आफनो मातृभाषा मैथलीमा आफना भनाई राखेका थिए । 

 


    भोजपुरी मातृभाषा भएकाले समेत हिन्दी भाषाको प्रयोग गरेको भन्दै राउत र सोनलको भाषाप्रति सम्मान जाहेर गर्न चाहनेहरुले आलोचना गरेका छन ।


    आफनो मातृभाषा प्रयोग गर्न लाज मान्नेहरुले पहिचानको कुरा गर्नु नै बिडम्बाना भएको तर्क जर्वजस्त रुपमा उठन थालेको छ । सामाजिक संजालमा हिन्दीभाषा प्रति देखिएको मोहका बिषयमा कडा टिप्पणीहरु आएका छन । ,शम्भू कुमार सुमनले भोजपुरी भाषामा  “यि नेता ना गुलाम हउसन” टिप्पणी गरेका छन । यि नेता होइनन गुलाम हुन सुमनले लेखेको प्रतिक्रियाजस्तै अरुले पनि कडा प्रतिक्रिया दिएका छन । 

 


    नवनित अग्रवाल(सोनु) ले भारतीय महावाणिज्यदुतावासको इशारामा यस्तो भएको उल्लेख गरेका छन । उनले दुतावासले जे भन्छ त्यही गर्ने हुन आखिर तलव भत्ता उतैबाट आउने हो क्यारे भनेर ब्यङ्य समेत गरेका छन । मित्रदेव मधेशीले “भारतीय दलाल हुन ” भनेका छन । 


मिथिला क्षेत्रबाट निर्वाचित भएका नेताहरुले आफनो मातृभाषामा भनाई राखेको देख्दा भोजपुरी भाषी जनताले पनि आफनो नेताले आफनै भाषामा भनाई राखेको भए राम्रो हुन्थ्यो भनेर ठान्नु स्वभाविक नै हो । तर मैथील नेताहरुले बोलेको भोजपुरी क्षेत्रका नागरिकले नबुझेपनि केही नहुने तर भोजपुरी क्षेत्रका नेताले आफूले बोलेको सबैले बुझ्नु पर्ने भन्दै हिन्दीमा बोल्नुलाई भोजपुरी भाषी नागरिकले ठिक ठानेका छैनन । 


    पत्रकार मोनिका खतिवडाले भने हिन्दी भाषा प्रयोगको बचाउ गरेकी छिन । उनले सामाजिक संजालमा हिन्दी भाषा प्रयोग भएको देखेर अरु प्रदेशका मान्छेहरुले दुई नम्बर प्रदेशका जनताको चित्त दुख्ने गरि टिप्पणी गर्न नहुने उल्लेख गरेकी छिन । उनले नेपाल पहाडेको मात्र हैन मधेशीको पनि हो नेपाल दौरा लाउनेको मात्र होइन धोती लाउनेको पनि हो भन्दै हिन्दीको प्रयोगलाई अनुचित ठान्न नहुनेमा जोड दिएकी छिन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.