logo

पर्सा प्रहरीद्वारा भारीमात्रमा चरेश बरामद, तस्करीमा महिलाको प्रयोग 

      1/31/2018 गते 00 00 मा प्रकाशित     1742   पटक पढिएको

वीरगन्ज, १७ माघ । पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगन्ज(१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ बर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० बर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् ।

अपसनाा खातुनको साथबाट औषध चरेश ५०० ग्रामको दरले १० थानमा  ५ किलोको ढिका पोका, खातुनको शरीरबाट ५०० ग्रामको दरले ११ थान प्याकेटमा ५ किलो ५०० ग्राम नियन्त्रित लागु औषध चरेश बरामद गरेको छ ।

उनीहरुलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर तस्करहरुले लागूऔषध तस्करीमा प्रयोग गरेको पाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए । आलमको साथबाट भारतीय रूपैयाँ तीनहजार नौसय ६९, कार्वन मोबाईल १ थान, भारत  सरकार आयकर विभागको  एब्ल् कार्ड १ थान, भारत सरकारको आधार कार्ड, पनि बरामद गरेको छ ।

तीनजनाको साथबाट जम्मा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश बरामद भएको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । जहुर आलम नेपाल तथा भारतमा नियन्त्रित लागू औषध खरिद बिक्री तथा ओसारपसार गर्ने बिभिन्न व्यक्तिहरुसँग संलग्न भई नेपालको ग्रामिण क्षेत्रवाट खरिद गरी ल्याएर महिलाहरुलाई प्रयोग गरी भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानले देखाएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए ।

पक्राउ परेका एकमहिला अपसाना खातुनको ८ महिने बच्चा सहितको र रेहाना खातुन समेत लागूऔषध ओसार पसारमा लगाउने गर्दा पक्राउ गरिएको उनले बताए । विगतमा पनि लागूऔषध ओसार पसारमा महिलालाई प्रयोग गर्ने गरेको देखिएको र पछिल्लो समयमा लागूऔषध तस्करहरुले गर्भवती महिलाहरुलाई समेत प्रयोग गर्ने पाईएको प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।

त्यस्तै भारततर्फबाट पनि प्रतिबन्धित लागूऔषधहरु ओसार पसारमा युवाहरुको प्रयोग हुने गरेको पाईएको छ । पर्सा प्रहरीले माघ १६ गते नै लागूऔषध इन्जेक्सन सहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर-१६, रजतजयन्ती चोकबाट प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर-१३ बस्न वर्ष १८ को दिपेन्द्र खत्रीको साथबाट नाईटूोभेट चार पत्ता - ६० पिस  बरामद गरेको छ । त्यस्तै माघ १२ गते सोही स्थानबाट भक्तपुर जिल्लाको अनन्त लिंगेश्वर नगरपालिका वडा नम्बर(१० बस्ने वर्ष २५ को रोहण खड्कालाई पनि डाईजिल्याब ५१ पिस, फेनारगन ५१ पिस र लुपिजेसिक ५१ पिस गरि जम्मा १५३ पिस लागूऔषध सहित पक्राउ गरेको थियो ।

त्यसैगरी माघ १६ गते राति अन्दाजी ९ः३० बजेको समयमा तनहुँ भिमात गाउाँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३६ को राजेश रानाभाटलाई बीरगंज स्थित होटल समरबाट प्रयोग गरेको टीटी २ सेट, सिरिन्च थान २ र प्रयोग नभएको टीटी ४ सेट सहित पक्राउ गरेको छ । नेपालबाट भारतर्फ तस्करी गर्न लागिएको प्रतिबन्धित गाँजा बोक्ने भरियाहरुलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच बुधबार प्रहरीले वीरगन्ज-१ छप्कैया स्थित नेपाल भारत सिमानामा नेपालतर्फ अन्दाजी ३ फिट लामो अजिंगरको बच्चा फेला पारी जिल्ला वन कार्यालय पर्साको जिम्मा लगाएको पर्सा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.