logo

पर्सा प्रहरीद्वारा भारीमात्रमा चरेश बरामद, तस्करीमा महिलाको प्रयोग 

      1/31/2018 गते 00 00 मा प्रकाशित     1955   पटक पढिएको

वीरगन्ज, १७ माघ । पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगन्ज(१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ बर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० बर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् ।

अपसनाा खातुनको साथबाट औषध चरेश ५०० ग्रामको दरले १० थानमा  ५ किलोको ढिका पोका, खातुनको शरीरबाट ५०० ग्रामको दरले ११ थान प्याकेटमा ५ किलो ५०० ग्राम नियन्त्रित लागु औषध चरेश बरामद गरेको छ ।

उनीहरुलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर तस्करहरुले लागूऔषध तस्करीमा प्रयोग गरेको पाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए । आलमको साथबाट भारतीय रूपैयाँ तीनहजार नौसय ६९, कार्वन मोबाईल १ थान, भारत  सरकार आयकर विभागको  एब्ल् कार्ड १ थान, भारत सरकारको आधार कार्ड, पनि बरामद गरेको छ ।

तीनजनाको साथबाट जम्मा १० केजी पाँचसय ग्राम लागूऔषध चरेश बरामद भएको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । जहुर आलम नेपाल तथा भारतमा नियन्त्रित लागू औषध खरिद बिक्री तथा ओसारपसार गर्ने बिभिन्न व्यक्तिहरुसँग संलग्न भई नेपालको ग्रामिण क्षेत्रवाट खरिद गरी ल्याएर महिलाहरुलाई प्रयोग गरी भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानले देखाएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले बताए ।

पक्राउ परेका एकमहिला अपसाना खातुनको ८ महिने बच्चा सहितको र रेहाना खातुन समेत लागूऔषध ओसार पसारमा लगाउने गर्दा पक्राउ गरिएको उनले बताए । विगतमा पनि लागूऔषध ओसार पसारमा महिलालाई प्रयोग गर्ने गरेको देखिएको र पछिल्लो समयमा लागूऔषध तस्करहरुले गर्भवती महिलाहरुलाई समेत प्रयोग गर्ने पाईएको प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।

त्यस्तै भारततर्फबाट पनि प्रतिबन्धित लागूऔषधहरु ओसार पसारमा युवाहरुको प्रयोग हुने गरेको पाईएको छ । पर्सा प्रहरीले माघ १६ गते नै लागूऔषध इन्जेक्सन सहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर-१६, रजतजयन्ती चोकबाट प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर-१३ बस्न वर्ष १८ को दिपेन्द्र खत्रीको साथबाट नाईटूोभेट चार पत्ता - ६० पिस  बरामद गरेको छ । त्यस्तै माघ १२ गते सोही स्थानबाट भक्तपुर जिल्लाको अनन्त लिंगेश्वर नगरपालिका वडा नम्बर(१० बस्ने वर्ष २५ को रोहण खड्कालाई पनि डाईजिल्याब ५१ पिस, फेनारगन ५१ पिस र लुपिजेसिक ५१ पिस गरि जम्मा १५३ पिस लागूऔषध सहित पक्राउ गरेको थियो ।

त्यसैगरी माघ १६ गते राति अन्दाजी ९ः३० बजेको समयमा तनहुँ भिमात गाउाँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३६ को राजेश रानाभाटलाई बीरगंज स्थित होटल समरबाट प्रयोग गरेको टीटी २ सेट, सिरिन्च थान २ र प्रयोग नभएको टीटी ४ सेट सहित पक्राउ गरेको छ । नेपालबाट भारतर्फ तस्करी गर्न लागिएको प्रतिबन्धित गाँजा बोक्ने भरियाहरुलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच बुधबार प्रहरीले वीरगन्ज-१ छप्कैया स्थित नेपाल भारत सिमानामा नेपालतर्फ अन्दाजी ३ फिट लामो अजिंगरको बच्चा फेला पारी जिल्ला वन कार्यालय पर्साको जिम्मा लगाएको पर्सा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.