logo

सेनाले मिलायो गाउँगाउँमा आगो ताप्ने ब्यवस्था

      1/5/2018 गते 00 00 मा प्रकाशित     1662   पटक पढिएको

सीमरा २१ पुस । जिल्लामा चिसो र शीतलहरका कारण जाडो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ । 

जनजीवन प्रभावित भएको  भन्दै  नेपाली सेनाले दाउरा सहित गाउँमा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।
 जिल्ला वन कार्यलय बाराको समन्वयमा विहिबारबाट दाउरा वितरण सुरु गरिएको चन्दननाथ गण ब्रम्हपुरी बाराका गणपति प्रमुख सेनानी सन्तोष कार्कीले जानकारी दिए । 

क्याप्टेन जुद्ध निरौलाको नेतृत्वमा परिचालित टोलीले विहिबार मात्रै जिल्लाको जितपुसिमरा र कलैया उपमहानगरको बडहर्वा उचिडी, भोडाहा लगायतका दश ठाउँमा दाउरा झार्दै आगो बालेर ताप्ने ब्यवस्था मिलाएको गणपति कार्कीले जनाए ।

 

जिल्ला वन कार्यालय बारासँगको सहकार्यमा वनबाट केही पैसा नपर्ने र केही पैसा पर्ने खालका दाउरा संकलन गरी विभिन्न गाउँका चोकचोकमा आगो बाली ताप्ने ब्यवस्था मिलाईएको हो । जिल्ला वन कार्यालय बाराले दाउरा वितरण गर्ने जनाएपनी ढुवानी साधन अभावमा गाउँगाउँमा दाउरा पुग्न नसकेको अवस्थालाई मध्यनजर गर्दै सेनाको जनशक्ति र सवारीबाट आगो ताप्ने ब्यवस्था मिलाईएको उनको भनाई छ । त्यस्तै स्थानीय तहहरु संगको समन्वयमा जिल्ला वन कार्यालय बाराले समेत दाउरा वितरण गरिरहेको जनाएको छ ।

 

चिसो बढेसँगै जनजीवन प्रभावित हुननदिन गाँउपालिका, नगरपालिका र उप˗महानगरपालिकाका विभिन्न स्थानहरुमा दाउरा पठाईएको वन कार्यालयले जनाएको छ । चिसो र शीतलहरवाट प्रभावित हुनसक्ने गरिव विपन्न स्थानिय समुदाय, सुरक्षाकर्मी लगायतलाई दाउरा वितरण गरिएको जिल्ला वनकार्यालयले जनाएको छ  ।

 

 पुष २ गते बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले हरेक गाँउपालिकालाई १ चट्टा, नगरपालिका र उप˗महानगरपालिकलाई डेढ चट््टाका दरमा दाउरा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नै दाउरा वितरण गरिएको जिल्ला वन कार्यालय बाराका प्रमुख भैरवप्रसाद घिमिरेले जानकारी दिए ।

कार्यालयले हालसम्म जिल्ला भरमा २० चट्टा भन्दा बढि दाउरा वितरण गरिसेकेको जनाएको छ । चिसो अझ बढ्दै गएमा  थप दाउरा वितरण गरीने भन्दै घिमिरेले मोटो रकम खर्चेर आगो ताप्नुको साटो स्थानिय तहले न्यानो कपडा वितरणमा खर्च गरेको भए उचित हुने सुझाव दिए ।

स्थानीय तहहरुले प्रती चट्टा १४ देखि १६ हजार रुपैँया जिल्ला वनमा तिर्दै आएका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.