logo

थारुको अपिलले खुसशीयाली ल्यायो

      1/5/2018 गते 00 00 मा प्रकाशित     1990   पटक पढिएको

बीरगंज २१ पुष । 
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने रामदेव महतो नुनियाको १२ वर्षिय भोला महतो नुनिया जन्म देखि नै ढाड देखि तल दुबै खुट्टा अपाङ्ग छन ।

 

हिजो मात्रै अबोध बालक नारायणी अस्पतालमा अपाङ्गता परिचय पत्र बनाउन आएको बखत सामाजिक अभियन्ता प्काश थारुसंग भेट भयो ।

थारुले ति वालकको बिषयमा आफनो सामाजिक संजाल फेसबुकमा सहयोगको अपेक्षा सहितको एउटा अपिल पोष्ट गरे । त्यही पोष्टले आज ति वालकका लागि राम्रो उपहार पप्त भएको छ ।

 

उनको लागि कमोड सहितको ह्वील चीयर पप्ता भएको छ ।  पर्सा जिल्ला कै बासिन्दा हाल असट्रेलिया सिडनी रहेका अरुण कुमार ठाकुर र जिङगर ट्याग रेस्टुरेन्ट सिडनी अस्ट्रेलियाको पूर्ण आर्थिक सहयोगमा ति  अपाङ्ग बालकलाई कमोड सहितको ह्विल चीयर सोेहि वडाको वडाध्यक्ष सगिर मियाले हस्तान्तरण गरेका छन ।

बहुअर्वाभटा प्रहरी चौकी ईन्चार्ज प्र स नि हरि प्रसाद बास्तोला, समाजसेवी हरिन्द्र सहनी, प्रमोद कुश्वाहा, बिश्नु पङगेनी, राजेश रौजियार, असोक राज ठाकुर, रामजी ठाकुर तथा बालकको हजुर आमा शान्ति देवी महतोको रोहबरमा समाजीक अभियन्ता प्रकाश थारुले घरमै पुगी उनलाई  कमोड सहितको ह्विल चीयर हस्तान्त्रण गरेका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.