logo

पक्राउ परेका तीम मध्य एकलाई उन्मुक्ति ,प्रहरीको काम शंकाको  घेरामा

      12/26/2017 गते 00 00 मा प्रकाशित     1604   पटक पढिएको

बीरगंज ११ पौष । 
प्रहरीले बहुद्रामाई नगरपालिकाको बिश्रामपुरबाट गाँजा सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । गाँजा चरेशको काम हुदैछ भन्ने गोप्य सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापामारी गरेर उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले बताए । 


    प्रहरीले बिश्रामपुरका प्रेम कलवार,गम्भिरा साह कलवार र परमा कलवारलाई पक्राउ गरेको हो । उनहीरुको घरबाट प्रहरीले ४८ किलो गाँजा समेत बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी लिम्बुले बताए । 


    प्रहरीले दशी सहित तीन जनालाई पक्राउ गरे पनि एक जनालाई भने छोड्ने तयारी गरेको छ । प्रहरीले गम्भिरालाई छोडने भएको हो । तीन जना मध्य दुई जनाका बिरुद्ध म्याद थप गरिने प्रवक्ता लिम्बुले बताए ।

राजनीतिक क्षेत्रका ब्यक्तिहरुको सिफारिशमा आर्थिक नजराको कारण गम्भिरालाई छोडने काम भएको स्रोतको दावी छ । तर प्रहरी प्रवक्ता लिम्बु भने बुझ्ने क्रममा गम्भिरालाई ल्याएको दावी गरे । उनले अन्यपनि शंकास्पद ब्यक्तिहरुको नाम खुलेको छ मोवाइल नम्बरहरु खुलेका छन उनीहरुलाई पनि झिकाएर सोधपुछ गरिने बताए । 


    एउटै सूचनाको आधारमा एउटै घरमा प्रहरीले गरेको छापामारीमा दशी सहित पक्राउ परेका ब्यक्ति मध्य एकजनाले उन्मुक्ति पाउने अन्य दुई जना बिरुद्ध मुद्धा चल्ने बिषयलाई नागरिक समाजले शंकाको नजरले हेरेको छ । प्रहरी समेतले यो प्रश्नको चित्त बुझ्दो जवाफ भने दिन सकेको छैन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.