logo

विद्युत चुहावट गर्ने ३३ जनालाई पक्राउ

      12/24/2017 गते 00 00 मा प्रकाशित     1599   पटक पढिएको

वीरगन्ज, ९ पुस । नेपाल विद्युत प्राधिकरण वीरगन्जको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत हुकिङ गरी चोरी गर्ने ३३ जनालाई पक्राउ गरी जरिवाना गराएर छोडेको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटिया देउरवानामा विद्युत हुकीङ गरी विद्युत चुहावट गर्नेहरुलाई चुहावट नियन्त्रण टोलीले शनिबार राति पक्राउ गरेको हो ।

विद्युत प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रुपमा गएको विद्युत चुहावट नियन्त्रण टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक जना नाबालक पनि रहेका छन् । पक्राउ परेका नाबालक बाहेक सबैलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर जरिवाना गराई छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सामा विद्युत चुहावट गर्ने प्रवृत्ति बढेको र हिउँदमा कम विद्युत उत्पादन हुने भएकोले विद्युत चुवाहट गरेमा लोडसेडिङ्ग हुने सम्भावना बढी हुने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुन श्रीवस्तवले बताए ।

हिउँदमा लोडसेडिङ्ग हुनबाट रोक्नलाई विद्युत चुहावट नगरि दिन प्रमुख श्रीवास्तवले सबैमा आग्रह समेत गरेका छन् । यसको नियन्त्रणका लागि नागरिक समाज, राजनीतिक दल, सञ्चार माध्यम लगायत सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

पर्सामा गत आर्थिक बर्ष २०७३÷०७४ मा ७० लाख रुपैंया करिब विद्युत चुहावट गर्नेहरुबाट जरिवाना असुल गरेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट नियन्त्रणका लागि स्थानीय स्तरमा पनि छलफल आवश्यक देखिएकोले अब छिट्टै नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सांसद प्रदेशसभाका सदस्यहरु, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाज लगायतसँग छलफल कार्यक्रम पनि राखिने वितरण केन्द्रका प्रमुख श्रीवास्तवले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.