logo

विद्युत चुहावट गर्ने ३३ जनालाई पक्राउ

      12/24/2017 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

वीरगन्ज, ९ पुस । नेपाल विद्युत प्राधिकरण वीरगन्जको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत हुकिङ गरी चोरी गर्ने ३३ जनालाई पक्राउ गरी जरिवाना गराएर छोडेको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ कटिया देउरवानामा विद्युत हुकीङ गरी विद्युत चुहावट गर्नेहरुलाई चुहावट नियन्त्रण टोलीले शनिबार राति पक्राउ गरेको हो ।

विद्युत प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त रुपमा गएको विद्युत चुहावट नियन्त्रण टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक जना नाबालक पनि रहेका छन् । पक्राउ परेका नाबालक बाहेक सबैलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर जरिवाना गराई छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सामा विद्युत चुहावट गर्ने प्रवृत्ति बढेको र हिउँदमा कम विद्युत उत्पादन हुने भएकोले विद्युत चुवाहट गरेमा लोडसेडिङ्ग हुने सम्भावना बढी हुने नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुन श्रीवस्तवले बताए ।

हिउँदमा लोडसेडिङ्ग हुनबाट रोक्नलाई विद्युत चुहावट नगरि दिन प्रमुख श्रीवास्तवले सबैमा आग्रह समेत गरेका छन् । यसको नियन्त्रणका लागि नागरिक समाज, राजनीतिक दल, सञ्चार माध्यम लगायत सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

पर्सामा गत आर्थिक बर्ष २०७३÷०७४ मा ७० लाख रुपैंया करिब विद्युत चुहावट गर्नेहरुबाट जरिवाना असुल गरेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट नियन्त्रणका लागि स्थानीय स्तरमा पनि छलफल आवश्यक देखिएकोले अब छिट्टै नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधि, सांसद प्रदेशसभाका सदस्यहरु, स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाज लगायतसँग छलफल कार्यक्रम पनि राखिने वितरण केन्द्रका प्रमुख श्रीवास्तवले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.