logo

लट्री प¥यो भन्दै ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ 

      12/19/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

बीरगंज ४ पौष .
सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गिरोहले पर्सा प्रहरीले दोस्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको हो । गिरोहले भाइवर,फेसबुक,टवीटर र मोवाइलबाट लाखौको लट्री जित्नु भएको सन्देश पठाउने गरेको थियो ।

 

अव तपाईले कम्पनीको तर्फबाट पुरस्कार पाउनु हुनेछ भन्ने सन्देश गिरोहले पठाउने र  पुरस्कार बापतको कर अग्रिम भूक्तानी गर्नु पर्ने शर्त राख्ने गथ्र्ये । 
    पुस्कार पाउने लोभमा कर बापतको रकम गिरोहले भने अनुसार आइएमई गरेर पठाउदै आएकाहरु मध्यकैले यस्तो सूचना प्रहरीलाई दिएपछि प्रहरीले यस्तो गिरोहलाई पक्राउ गरेको हो ।


    प्रहरीले मंगलवार बिहान बीरगंजको वडा नं ७ पालगल्लीमा रहेको माँ दुर्गा मनी ट्रान्सफरबाट एक जना र अन्य दुई जनालाई नारायणी गेष्टहाउसबाट पक्रेको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो ।

प्रहरीले पक्राउ गरेकोमा  भारत बिहारको  कटिहार जिल्लाको कुजीवाना पंचायत जाजा थाना कदवा वडा नं १३ घर भई हाल दिल्लीमा बस्दै आएका साकिर रेजा  सोही ठाउका मुकेश कुमार राय  र बारा जिल्ला बरियारपुर नगरपालिका वडा नं १ घर हाल बीरगंजमा बसेर रिक्सा चलाउदै आएका फिरोज रायभर रहेका छन ।


    उनीहरुको साथबाट प्रहरीले  २ लाख ४० हजार नेपाली र ५ हजार ४ सय भारतीय रुपिया, फिरोजको नागरिकताको,उनको मतदाता परिचयपत्रको ९०÷९० थान फोटोकपी बिभिन्न  बित्तिय संस्थाका सक्कल भौचरहरु ,भारतीय बैंकका एटिएम कार्डहरु एप्पल र सामसुङका सहित अन्य कम्पनीका गरि ७ थान मोवाइल समेत बरामद गरेको छ । 
    यस अघि पर्सा प्रहरीले सामाजिक संजाल मार्फत बिभिन्न ब्यक्तिहरुलाई लुटेको आरोपमा प्रहरीले  १४ मंसिरमा पनि एउटा गिरोहलाई नै पक्रेको थियो । 


    बीरगंजको वडा नं १५ बसपार्कमा रहेको आइएमई रेमिट अगाडिबाट ६ जनालाई प्रहरीले पक्रेको थियो । त्यतीबेला पक्राउ पर्नेमा एक जना भारतीय र अन्य पाँच जना नेपाली रहेका थिए ।


    प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा बिना कारण ठुलो रकमको दिने कुरा सत्य नहुने भएकोले प्रलोभनमा पर्न नहुनेमा सचेत हुन आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमइ वा बैंक वा अन्य कुनै बित्तिय संस्था मार्फत रकम उपलब्ध नगराउन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोध समेत गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.