धनगढी, १ मंसिर : निर्वाचन विरोधी गतिविधि गरेको भन्दै कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इञ्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको जानकारी दिनुभयो ।
दुई जनालाई टीकापुरबाट र दुई जनालाई हसुलियाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन जस्ता घटना बढ्दै जान थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनअघि मात्रै यहाँ भएको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठीमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
तपाईको प्रतिक्रिया