logo

प्रतिबन्धित भारतीय कुखुराको तस्करीले नेपाली कुखुरा व्यवसायी मारमा

      11/16/2017 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको

वीरगन्ज, १ मंसिर । भारतीय कुखुरा नेपालमा प्रतिबन्ध लगाएपनि खुलआम रुपमा भारतीय कुखुराहरु भित्रिएपछि नेपाली कुखुरा व्यवसायीहरु मारमा परेका छन् ।

सीमा नाकाहरुमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा नै तस्करहरुले भारतीय कुखुराहरु ल्याउने गरेका कारण नेपाली कुखुरा व्यवसायीहरु मारमा परेको ग्रामीण कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

मा नाकामा हुने चोरी तस्करी र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न स्थापना गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको निष्क्रियताका कारण अहिले भारतीय कुखुरा निर्वाध रुमा भित्रिने गरेको व्यवसायीहरुले बताएका छन् ।

निर्वाचनको बहानामा जिल्लाका सुरक्षा निकायले चोरी तस्करीलाई खुला गरेर आफ्नो कमाउने धन्दा बनाएको स्थानीयहरुको आरोप छ । प्रहरीका दुवै निकायले अहिले भन्सार छलि तथा चोरी तस्करी नियन्त्रणमा खासै चासो नदेखाएको जनगुनासो बढेको छ ।

महानगर भित्रका केही स्थानमा सुरक्षा निकायका प्रमुख सहितका सुरक्षाकर्मीहरुको सक्रियता देखिएको भएपनि नाकाबाट हुने अवैध क्रियाकलापहरु रोक्न प्रहरीको खासै सक्रियता नदेखिएको स्थानीयको भनाई छ ।

भारतीय बजारबाट ल्याईका कुखुरा नेपाली बजारमा छ््याप छ््याप्ती पाउन थालेपछि नेपाली कुखुराहरु बिक्री हुन छाडेकोले नेपाली कुखुरा व्यवसायीहरु मारमा परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कुखुरा चोरी तस्करी नियन्त्रणका लागि मौखिक रुपमा प्रशासनलाई आग्रह गर्दा समेत कुने चासो नदेखाएको उनले गुनासो गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.