logo

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर र उपमेयर सम्मानित

      11/13/2017 गते 00 00 मा प्रकाशित     1802   पटक पढिएको

वीरगंज २७कार्तिक ।
लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले सोमवार एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई  सम्मान गरेको छ । विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सलमा खातुनलाई सम्मान गरिएको हो। लायन्स क्लबका एरिया चिफ लायन देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका पुर्व अन्तराष्ट्रिय डाइरेक्टर लायन संजय खेतान पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह लगायतका विशिष्ठ अतिथिहरुले नवनिर्वाचित प्रमुख, उपप्रमुखहरुलाई सम्मान गर्नुभएको लायन्स क्लब अफ वीरगंज  ग्रिन क्याम्पसका उपाध्यक्ष विजय कुशवाहाले बताए । कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरिक्षक सुर्यनाथ उपाध्याय, पर्साका प्रहरी उपरिक्षक गणेश रेग्मी, लायन्स क्लबका पिएमसिसि लायन रमेश अग्रवाल, पुर्व डिष्ट्रिक गभर्नरहरु आर.पी. खेतान, चिरञ्जिवी लाल सरावगी, लायन्स क्लबका एम्बेस्डर अफ गभर्नर लायन मिनाक्षी गुप्ता, लायन उमेश साह कानु, समाजसेवी पशुपती विक्रम शाह, लायन्स क्लबका वरिष्ठ सल्लाहकार डि.एन. अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लायन्स क्लबका रिजन चेयर पर्सन लायन प्रजय हरलालका लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  
कार्यक्रमको संचालन लायन्स क्लबका जोन चेयर पर्सन लायन वासु तिमिल्सिना र धन्यवाद ज्ञापन रिजन चेयर पर्सन लायन राघव आचार्यले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.