logo

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा सरसफाई कार्यक्रमको आयोजना

      7/1/2017 गते 00 00 मा प्रकाशित     1573   पटक पढिएको

वीरगंज १७  असार

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना तथा मेगा बैंक वीरगंज शाखाको सहयोगमा आज नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले लायन्स क्लबले निरन्तर रुपमा गर्ने सामाजिक कार्यहरुको प्रंशसा गर्नु भयो । साथै वहाँले लायन्स क्लबले सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनु भयो । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन विजया ओझैयाको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा विशिष्ठ अतिथि मेगा बैंक वीरगंजका शाखा प्रबन्धक दिपक श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले आ–आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका एमबेस्डर अफ गभर्नर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन प्रजय हरलालका, जोन चेयर पर्सनहरु लायन रेखा बैद्य, लायन बासु तिमिल्सिना, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी प्रथम उपाध्यक्ष गुड्डी जोशी, कोषाध्यक्ष सपना मित्तल, लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन रिकेश साह, लियो क्लबका तर्फबाट लियो सरिता खडका, हिमान्सु वर्णवाल, विकेश यादव लगायत लायन्स क्लबका अन्य सदस्यहरुको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रम संचालिका लायन आश्मा सिंह यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.