logo

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न 

      7/8/2017 गते 00 00 मा प्रकाशित     3460   पटक पढिएको

वीरगंज २४ असार

स्वच्छ, सफा र हराभरा वीरगंज अभियान अन्तर्गत लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन रिकेश साहको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका करिब एक सय विरुवाहरु रोपिएका छन् ।

जिल्ला वन कार्यालय पर्साको सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले विरुवा रोपेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा राजवृक्ष, अशोक, गोल्डमोहर, निम, कल्की फुल प्रजातीका करिब एक सय विरुवाहरु रोपिएका छन् । वृक्षारोपण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, लायन्स क्लबका एरिया चिफ लायन देव चौधरी, एम्बेसडर अफ गभर्नर लायन उमेश साह कानु, रिजन चेयर पर्सन लायन राघव आचार्य, जोन चेयर पर्सनद्वय लायन वासुदेव तिमिल्सिना, लायन रेखा वैद्य, सेस्मी ईन्टरनेशनल स्कुलकी निर्देशिका आश्मा सिंह यादव, निर्देशक मनोज यादव, प्रधानाध्यापक धर्मेन्द्र यादव, प्रेस युनियन पर्साका कोषाध्यक्ष राम कुशवाहा लगायतका व्यक्तित्वहरुका साथै लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच आजै लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको वर्ष २०१७/१८ को लागि अध्यक्ष पदमा चयन हुनु भएका लायन रिकेश साहलाई क्लबका निवर्तमान अध्यक्ष लायन वासुदेव तिमिल्सिनाले अध्यक्षको पिन लगाई नयाँ नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.