logo

सहयोग जुटाउदै पहल

      3/19/2017 गते 00 00 मा प्रकाशित     1539   पटक पढिएको


बीरंगज ६चैत

क्यानडामा रहदै आएका वीरगन्ज १४ का सृजन चौरसियाले छपकैयामा रहेको अनाथलय ( यतिमखाना) का बालकहरुलाई खाद्यान्न सहयोग गरेका छन । वीरगन्जको पहल नामक संस्थाको सक्रियतामा क्यानडाबाट सृजनले पठाएको ८ हजार ५ सय बराबरको तीन बोरा चामल, एक बोरा दाल, एक एक बोरा प्याज र आलु एक कार्टुन खानेतेल यतिमखानालाई सहयोग गरिएको  हो । पहलको समन्वयमा सृजनकी बहिनी ज्योती चौरसिया र ज्वाई संदीप चौरसियाले यतिमखानाका मौलाना अलि असगर मदनीलाई खाद्यान्न हस्तान्तरण गरेको पहलका अध्यक्ष दिलिपराज कार्कीले बताए  । खाद्यान्न हस्तान्तरण कार्यक्रममा पहलका सहसचिव रजनिश कुमार कलवार यतिमखानाका बालकहरुको उपस्थिति रहेको थियो । यतिमखानामा ८४ जना बालकहरु आश्रित रहेका छन् । यस्तै वीरगन्ज वडा नम्बर २८ की पूmलकुमारी देवी डोमलाई पनि आर्थिक सहयोग गरिएको  छ । आदर्शचोक दलित वस्तीमा बस्दै आएका जोगी राउत डोमकी श्रीमती पूmलकुमारी देवीको विगत पाँचदिनदेखि नारायणी उपक्षेत्रीय अस्पतालमा टिबी रोगको उपचार भईरहेको छ । गरिब परिवारका डोमकोे उपचारका लागि अस्पतालमानै बस्नुपर्ने भएकोले कमाउन जान पनि नपाएपछि उनकी श्रीमतीलाई आवश्यक फलपूmल तथा खानेकुरा खरिद गर्न समेत रकम अभाव भएकोले दुईहजार एकसय रुपैंया सहयोग गरेको पहलका अध्यक्ष दिलिपराज कार्कीले बताए । पूmलकुमारीको नारायणी उपक्षेत्रीय अस्पतालमा निःशुल्क उपचार भईरहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बैशाख महिनामा १ सय ४४ मुद्धा दर्ता गरेर अनुसन्धान गर्दै पर्सा प्रहरी

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैशाख महिनामा १ सय ४४ वटा मुद्धा दर्ता गरेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.