Sunday, 15 June 2025, 12:19:28 pm

राउण्ड टेवलको आयोजनामा रक्तदान

      3/11/2017 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

बीरगंज २८ फाल्गुन । बीरगंज राउण्ड टेवलले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ७० जनाले रक्तदान गरेका छन । बीरगंजको टिवडेवाल धर्मशालामा कार्यक्रम आयोजना गरिएको हो । बीरगंजका सबै राउण्ड टेवलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको सुसान्त चाचानले बताउनु भयो । मानव शरीरका अन्य अंगहरु प्रत्यारोपण हुन सक्ने भएपनि रगतको बिकल्प रगत मात्र हुने भएकोले जीवन जोगाउन मद्धत मिलोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको ऋषि खेतानले बताउनु भयो । सामाजिक उत्तरदायीत्व निर्वाहमा आजको पुस्ताको नेतृत्वदायी भूमिका हुनु पर्ने भएकोले त्यसलाई स्थापित गर्न सामाजिक काम अन्र्तगत नै रक्तदान कार्यक्रमको आयोजना गरिएको मनोज दासले बताउनु भयो । कार्यक्रममा बिश्वकरण जैन संजय केडिया लगायतको सहभागिता रहेको थियो । रक्त संचार केन्द्रको तर्फबाट प्रविण मानन्धर ,दिपेन्द्र कुशवाहा,निरन्जन गुप्ता र लोकेन्द्र पटेलले प्राविधिक सहयोग पु¥याउनु भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु