logo

अधिकारकर्मीको जिल्ला स्तरीय संजाल गठन

अधिकारकर्मीको जिल्ला स्तरीय संजाल गठन

      1/23/2017 गते 00 00 मा प्रकाशित     1891   पटक पढिएको

माघ ११ बीरगंज
अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको भेलाले आज जिल्ला स्तरीय मानव अधिकार निगारानी समुह पर्सा गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साको संयोजनमा भएको भेलाले सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा संजाल गठन गरेको हो । उपाध्यक्षमा महिला अधिकार मंचका राजकुमारी यादव,सचिवमा बिकास नेपालका समसुल हवारी र कोषध्यक्षमा महिला जागरण समाज पर्साका निलम पन्त रहेकी छिन ।
      त्यस्तै सदस्यहरुमा  अमर गौतम,अनुप तिवारी ,निला राम,शिवनाथ यादव ,कविता खड्का,छठु साह रहेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पर्साको गादी र मधुवन मथौल गाविसमा आर्थिक तथा सामाजिक अधिकारको क्षेत्रमा काम गर्दै छ । दुवै गाविसमा गाविस स्तरीय मानव अधिकार निगरानी समुह गठन भएको छ । शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा सरकारी सेवाले प्रवाह गर्ने सेवा नागरिकले पाउने वतावरणको निर्माणमा समुहले सहयोगी भूमिका निर्वाह गर्ने छ । जिल्ला स्तरीय संजालको कार्यक्षेत्र पनि स्वास्थ्य,शिक्षा र खाद्य अधिकारको अवस्थाको बिषयमा सचेतना प्रवाह गर्ने रहेको अध्यक्ष तवरेज अहमदले  बताए । उनले संजालले  नागरिकले पाउने सेवा सहज सरल रुपमा उपभोग गर्ने बतावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
      भेला अनौपचारिक  क्षेत्र सेवा केन्द्र इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.