बारा, ९ माघ ः बाराको गढिमाई नगरपालिका १६ डकाहामा रहेको प्रशंसा गाईपालन कृषि फारमले बार्षिक ११ लाख रुपैयाँको दुध बिक्री गरेको छ । स्थापना गरेको तीन बर्ष पछि प्रशंसा गाईपालन कृषि फारमले १५ वटा गाई र ५ वटा भैसिबाट एक वर्षमा २४ हजार लिटर दुध बिक्री गरेर ११ लाख रुपैयाँ आर्जन गरेको फारमकी राममाया तामाङले बताइन ।
उनले यसैवर्ष उत्कृष्ट पशुपाल किसानको सम्मान पनि प्राप्त गरेकी छन् । डुमरवना दृग्ध उतपादन सहकारी संस्थाको बार्षिक उत्सवमा राममायालाई हालसम्मकै सफल पशुपालक युवा किसान घोषणा गरी नगद, दोसल्ला र कदर पत्रबाट सम्मान गरेको थियो । उनको नेतृत्वमा रहेको फर्ममा हाल साना ठूला गरी ४० वटा गाई र भैसी रहेका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।
तपाईको प्रतिक्रिया