logo

फेसबुकमा लेखेको स्टाटसका कारण मोरङ्गका पत्रकार खडका पक्राउ

 इसीमाना सम्वाददाता     २०८३ भदौ १९ गते ०१: ३२ मा प्रकाशित     15   पटक पढिएको

इलाम । मोरङ्गमा  पत्रकार तेजन खड्का एक वडा अध्यक्षको उजुरीका आधारमा साइबर अपराधको आरोपमा पक्राउ परेका छन्।

 

उर्लाबारी नगरपालिका वडा नं ७ का  वडा अध्यक्ष उर्मिला थापाले  सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत आफ्नो चरित्रमा आँच आउने तथा आपत्तिजनक सामग्री सम्प्रेषण गरिएको भन्दै खड्काविरुद्ध उजुरी दिएको बताइएको छ।

 

वडा नं ७ को खोलाको बगरमा युवा समूहले मैदान बनाउन लागेपछि ऊर्लाबारी नगरपालिका–७ ले रोक्यो । झाडी उखालेर सबै सफा पारिसकेको अवस्थामा पार्क बनाउने भन्दै वडाले अवरोध गरेपछि युवाहरु विरोधमा उत्रिए । उनीहरुले केही दिन आन्दोलन नै गरे । 

 


त्यसअघि सो ठाउँ लागुऔषधको अखडा थियो । त्यहाँ युवायुवती,किशोरकिशोरी डेटिङ्गमा आउँथे । सो सन्दर्भमा अस्ति बुधबार उनले ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ,आम्दानी हुन्छ’ भन्दै स्ट्याटस लेखे ।

 

उनको स्ट्याटसमाथि आपत्ति जनाउँदै वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उजुरी हालिन् । ईलाका प्रहरी कार्यालय,उर्लाबारीले उनलाई आज घरबाटै समातेको छ । जिल्ला प्रहरी कार्यालय पुर्याएर अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।


पक्राउको घटनाले प्रेस स्वतन्त्रता, आलोचनात्मक पत्रकारिता र साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाको प्रयोगबारे बहस सिर्जना गरेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.