बीरगंज । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई मनोनयन गरिएको निर्णय बदर गरेको छ।
एमाले मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीका अध्यक्षलाई पठाएको पत्रमा वीरगञ्ज महानगर कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीमा विवाद उत्पन्न भएको उल्लेख गर्दै विधानअनुसार रिक्त पद पूर्ति गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
पत्रमा नेकपा (एमाले) को विधानको धारा ६८ अनुसार निर्वाचित कमिटीका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरू रिक्त हुन आएमा सोही कमिटीले नै पदपूर्ति गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका कमिटीको अध्यक्ष पदमा जिल्ला कमिटीले मनोनयन नगरी सम्बन्धित कमिटीले नै निर्वाचित गर्नुपर्ने विधानको व्यवस्था रहेको प्रदेश कमिटीले जनाएको छ।
सोही आधारमा पर्सा जिल्ला कमिटीको नामबाट वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको मनोनयन विधानको धारा ६८ अनुसार नभएको भन्दै कुर्मीको नियुक्तिलाई बदर गरिएको पत्रमा उल्लेख छ।

एमाले मधेश प्रदेश कमिटीको २०८३ वैशाख २० गते बसेको बैठकले यससम्बन्धी निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ। प्रदेश कमिटीका अध्यक्ष चन्द्रेश्वर मण्डलद्वारा हस्ताक्षरित पत्र पर्सा जिल्ला कमिटीका अध्यक्षलाई पठाइएको हो।
तपाईको प्रतिक्रिया