वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले महानगर कमिटीमा रिक्त रहेका पदहरू पदपूर्ति गरेको छ।
महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलिको अध्यक्षतामा बसेको बैठकले पदपूर्ति लगायतका विभिन्न प्रस्तावमाथि छलफल गर्दै ती प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको हो।

बैठकले महानगर कमिटीको अध्यक्षमा लियाकत अलि, उपाध्यक्षमा संजीवबहादुर छतकुली र सचिवमा जलन्धर कुर्मीलाई मनोनीत गर्ने सर्वसम्मतिबाट निर्णय गरेको जनाइएको छ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण तथा आगामी कार्यदिशालगायतका विषयमा समेत छलफल भएको बताइएको छ।

पदाधिकारी चयनसँगै वीरगञ्ज महानगरमा पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने एमाले महानगर कमिटीको तयारी रहेको जनाइएको छ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य बिजय कुमार सरावगी प्रदेश उपाध्यक्ष बिचारी यादव सदस्यहरु राजेन्द्र यादव, अमल यादव,प्रमोद जयसवाल जिल्ला समवन्य समितिका उपसभापति पुरन पटेल,सन्तोष सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस अघि जिल्ला कमिटीले महानगरको संयोजकमा सुन्दरकुर्मीलाई नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया