logo

बिद्धुत आपूर्ती मिलाउन सांसद पन्तले दिए निर्देशन

 इसीमाना सम्बाददाता     २०८३ सावन १ गते ०७: ०० मा प्रकाशित     315   पटक पढिएको

वीरंज। बीरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन ।

 

 बीरगंजमा बिगत तीन दिन देखी विद्युत आपूर्ति अनियमित हुँदा  स्थानीयहरुको जनजीवन कष्टकर भएको थियोे ।

 

 विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपनीको आपूर्तिको लागि बीरगंज महानगरसंग निरन्तर टेलिफोन सम्पर्क रहेर समन्वय गरि रहेका थिए ।

 

यसैबीच हिजो राती बीरगंज आइपुगेका पन्तले आज जिल्ला प्रशासन कार्यलय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेत लाई राखी नेपाल विद्युत प्राधिकरण पर्साका प्रमुख बिजय महतोसंग विद्युतमा भएको असहज्ताको बिषयमा गम्भीर चासो राख्दै यसको तत्कालै समाधान गर्न र आइन्दा यस्तो समस्या आउन नदिन निर्देशन दिदै समस्याको कारण बारे पनि गम्भीर जिज्ञासा राखेका थिए ।

 

सांसद पन्तको जिज्ञासाको जबाफ दिने क्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुक बिजय महतोले हाल अन्डरग्राउण्ड रहेको विद्युत लाइन , पर्सौनी ग्रीडबाट ३३ केभिए लाइन छपकैया सबस्टेशनमा लान लाग्दा गत माघ महिनामै अमर( बोखार) चौक आसपासका केही स्थानीयले तत्कालिन अबस्थामा अबरोध गरेकाले अहिले यो समस्या आएको बताए ।

 

 

 तर हिजो अबरोध हटाएर त्यहाँ तार तान्ने काम भएको र अब केही बाकी रहेकोले ९ बजे सम्म विद्युत पुर्ण सुचारु हुने बताएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.