logo

सिर्सियाको दुर्गन्ध संसदमा पुग्यो, पूर्नजीवनकालागि सरकारलाई ठोस कदम चाल्न सांसद पन्तको माँग

 इसीमाना सम्वाददाता     २०८३ असार ३० गते ०४: ४३ मा प्रकाशित     168   पटक पढिएको

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य (बुद्धि) हरि पन्तले प्रतिनिधि सभामा वीरगंजको सिर्सिया नदीको प्रदुषणको बिषयमा कुरा उठाएका छन ।

 

 

उनले उद्योगहरुबाट निस्कने केमिकल युक्त बिसाक्त पानीका कारण जलचर बिहिन भएको सिर्सिया नदी एक दुर्गन्धित नालामा परिणत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । 


अत्यन्तै श्रद्धाका साथ मनाउने गरेको लोक आस्थाको माहापर्ब छठ्मा कुनै समय सिर्सियाकै पानी उभाएर अर्घ दिन सकिने अवस्था थियो साँसद पन्तले भने “तर  अहिले छठ पर्बमा अर्घ दिदै गर्दा दुर्गन्धले त्यहाँ खुट्टा समेत राख्न नसकिने अबस्था बनेको  छ”। साँसद पन्तले  उद्योगहरुको  हेलचक्र्याइंयीं र लापरबाहीकै कारण सिर्सियाले यस्तो नियती भोग्नु परेको बताए ।


उनले सिर्सिया नदीका कारण लामखुट्टे निकै बढेको बताए । वीरगंजबासीको चैनको निन्द्रा सिर्सियाको दुर्गन्धका कारण खोसिएको उनले बताए । 

 

 पछिल्ला केहि बर्षदेखि देखिएको यो बिकराल समस्यालाई अहिले सम्मका कुनै पनि संघीय ,  प्रदेश र स्थानीय सरकारहरुले आ आफ्नु घोषणा पत्रहरुमा समाबेस गरि चुनावीनारा बनाउनु भन्दा बाहेक आजका दिनसम्म कसैले माखो सम्म पनि नमारेको उनको भनाई छ  ।  

 

तर यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगाध बिश्वासका साथ मतदान गरेका त्यहाँका जनताले यो सरकार संग ठूलो आशाका साथ सिर्सिया सफाइको आपेक्षा गरेको उनले बताए । सांसद पन्तले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउदै सिर्सियाको सुद्धिकरणकालागि ठोस कदमको माँग गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.