logo

कलैयामा विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

 इसीमाना सम्बाददाता     २०८३ असार २ गते ०८: ४० मा प्रकाशित     254   पटक पढिएको

कलैया  । ​मिडिया काउन्सिल मधेशद्वारा बाराको सदरमुकाम कलैयामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

 

मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सही र तथ्यपरक सूचना उपलब्ध गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने उल्लेख गरेका छन ।

 

उनले सञ्चारकर्मीले पेशागत मूल्य मान्यता र आचारसंहितालाई आत्मसात् गरेर अघि बढे मात्रै पत्रकारिता जनउत्तरदायी, सत्यनिष्ठ र निष्पक्ष बन्ने कुरामा विशेष जोड दिए ।

 

बारा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा प्रशिक्षकका रुपमा उपस्थित थिए ।

 

 उनले पत्रकारिता आचारसंहिता, सञ्चार क्षेत्रका समकालीन चुनौती, डिजिटल युगको बदलिँदो स्वरूप र व्यावसायिक पत्रकारिताका विविध आयामबारे प्रशिक्षण दिएका थिए ।

 

प्रशिक्षणकै क्रममा सहजकर्ता झाले अफवाह, अपुष्ट सूचना तथा सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगबाट जोगिन पत्रकारहरू सचेत हुनुपर्ने भन्दै तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषणमा विशेष जोड दिएका छन ।

यसैगरी कार्यवाहक अध्यक्ष बन्दना झाले काउन्सिलले प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता विकासका लागि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराएकिछिन ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान मधेशका अध्यक्ष श्याम बन्जारा, कोषाध्यष अनिल गौरबले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

मिडिया काउन्सिलका प्रशासकीय अधिकृत ओमबिक्रम कटुवालले सञ्चालन गरेको उक्त कार्यक्रममा मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष झा र सहजकर्ता झाले सहभागी सबै सञ्चारकर्मिहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले अभिमुखीकरणले पत्रकारितामा स्वच्छता, निष्पक्षता र मर्यादा बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.